विश्व

मापसे गर्ने पाईलट पक्राऊ

हवाई जहाज उडाउन ठिक्क परेका दुई पाईलट मादक पदार्थ सेवन गरेका कारण पक्राऊ परेका छन् । गत शनिबार स्कटल्याण्डको ग्लास्गोदेखि अमेरिकाको न्युजर्सी स्थित नेवार्क लिबर्टी इन्टर्नेसनल एयर्पोर्टको लागि उडान भर्न ठिक्क परेको युनाइटेड एयरलाईन्स जहाजका दुई पाईलट स्कटल्याण्डमा मादक पदार्थ पिएर जहाज उडाउन तयार रहेको अवस्थामा पक्राउ परेका हुन् । शनिबार स्थानीय समय बिहान ९ बजे यु ए १६२ नम्बरको उडान भर्ने तयारीमा रहेका ६१ र ४५ बर्षिय २ पाईलटलाई ब्रिटिश  कानून अनुसार पक्राउ गरिएको स्कटल्याण्ड प्रहरीले पुष्टि गरेको एन बि सि न्युजले जनाएको छ । घटनापछि युनाइटेड एयरलाईन्सले उक्त उडान रद्ध गरेको थियो भने एयरलाईन्सले नाम नखुलाईएका ती दुई पाईलटलाई सेवाबाट निष्कासन गरेको जनाएको छ । पक्राउ परेका पाईलटहरुलाई आगामी ६ तारिख मंगलवार अदालतमा हाजिर गराइने छ ।  

केही अगाडि अमेरिकाको मिनियापोलिसस्थित सेन्ट्पल इन्टर्नेसनल एयर्पोर्टमा डेल्टा एयर्लाईन्सका एक पाईलट मादक पदार्थ सेवन गरेका कारण पक्राउ परेका थिए ।  

एजेन्सी