अमेरिका

पिट्सबर्ग बस स्ट्याण्डमा दुई महिला माथि चक्कु प्रहार : एकको मृत्‍यु

पेन्सिल्भानिया राज्यको पश्चिमी शहर पिट्सबर्गमा आज बिहीवार दुई महिलाहरु माथि छुरा प्रहार हुँदा एकको मृत्‍यु र एक घाईते भएका छन् । स्मिथफिल्ड स्ट्रिट र ६ स्ट्रिटमा रहेको पोर्ट अथोरिटी बस टर्मिनलको बस स्ट्यान्डमा बसिरहेको अवस्थामा ती महिलाहरु माथि छुरा प्रहार भएको स्थानीय पत्रिका पोट गजेटले जनाएको छ ।  आक्रमणकारीले नजिकै घुमी रहेका प्रहरीको पछाडिबाट आएर ति महिलाहरु माथि आक्रमण गरेका थिए । बिहान साँढे एघार बजे ती महिलाहरु माथि आक्रमण भएको हो । घाईते महिलाहरुलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । नाम नखुलाईएका दुई महिला मध्ये एकको अस्पतालमा मृत्‍यु भएको थियो भने एक महिलालाई सामान्य चोट लागेको थियो ।  मृत्‍यु भएकी महिलाले कुनै प्रकारको धार्मिक पहिरन नलगाएको र घाईते महिलाले हिजाब लगाएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचार माध्यमले जनाएका छन्    आक्रमणकारीलाई तत्काल प्रहरीले पक्राउ गरी हिरासतमा लिएको जनाएको छ भने आक्रमण उद्देश्य प्रष्ट नभएको प्रहरी श्रोतले जनाएको छ ।  

एजेन्सी