14-Dec-2019 | २८ मंसिर २०७६, शनिबार

गोली हानेर समातिए तामाङ

२४ श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । प्रहरीले काठमाडौंमा दुई युवालाई पक्राउ गर्न गोली प्रहार गरेको छ ।

काठमाडौंको स्वयम्भूमा लोप्चन नामले चिनिने मिलन तामाङमाथि प्रहरीले गोली प्रहार गरेको हो । गोली लागेका लोप्चनसहित अर्का यूवक अमृत तामाङ पनि प्रहरीको फन्दामा परेका छन् ।

रामेछापस्थित लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई धम्काएर २ करोड मागेको आरोप लोप्चन माथि छ ।

उनले वडाअध्यक्षसँगको मिलेमतोमा गाउँपालिका अध्यक्षमाथि चन्दा मागेको आरोप लागेको छ ।

तामाङको शरीरमा दुई गोली लागेको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।

गाउँपालिका अध्यक्षसँग तामाङले २ करोड रुपैयाँ नदिए छोरी अपहरेण गरेर मार्ने धम्की दिएको आरोपसहित उजुरी परेको थियो ।

प्रहरीले उनलाई १ महिनादेखि खोजी गरिरहेको थियो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार