विश्व

जब हजारौं प्रदर्शनकारी विमानस्थल भित्र छिरे..

हङकङ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् । हजारौं मानिसको भीड टर्मीनलमा छिरेपछि प्रहरीको केही लागेन ।

फलस्वरुप सोमबारका लागि निर्धारित सबै उडान अवतरण रद्द भएका छन् । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल संसारको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो ।

हङकङमा सरकार विरोधी आन्दोलनमा सहभागी हजरौं मानिस एकै पटक विमानस्थल भित्र छिरेर अड्डा जमाएका थिए । हङकङमा पछिल्लो चार दिनदेखि आन्दोलन जारी छ । विमानस्थलको आगमन कक्ष नै प्रदर्शनकारीले आफ्नो कब्जामा लिएका हुन् ।

सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा यहाँ लामो समयदेखि सरकारको विरोध भइरहेको छ ।

विधेयकमा हत्या र बलात्कारजस्ता आपराधिक आरोप लागेका अभियुक्त आफ्नो देशमा सुपुर्दगी गर्न चीन, ताइवान र मकाउका सरकारी अधिकारीहरूले बाध्य बनाउन भन्दै हङकङमा व्यापक विरोध भइरहेको छ ।

नागरिकहरु सुपुर्दगीको अनुमति दिने वा राजनीतिक वा धार्मिक अपराधका सन्दिग्धलाई सुपुर्दगी नगर्ने अन्तिम अधिकार हङकङकै अदालतमा रहनु पर्ने मागमा छन् ।

हङकङ बेलायतको उपनिवेश राज्य हो । यसलाई सन् १९९७ मा चीन मातहत ल्याइयो ।

यहाँ चीनले धेरैजसो मामलामा हेर्ने गरेको छ । तर, विभिन्न निकायले हङकङलाई छुट्टै देशको पनि मान्यता दिएका छन् ।

एजेन्सी