अमेरिका

समय फरक पर्दा तिथि पनि फेरिन्छ : ज्योतिषीहरू

 

अमेरिका ।

नेपाललाई केन्द्रमा राखेर त्यही अनुरुपको तिथि र मिति समावेश गरिएको पात्रोलाई अमेरिका लगायत अन्य देशमा वस्ने नेपालीले पूर्ण रुपमा अनुशरण गर्नु उपयुक्त नभएको एक कार्यक्रमका सहभागिहरुले जनाएका छन् ।
देश अनुसार सूर्योदय,सूयास्त, घडी लगायत ज्योतिश शास्त्र सग सम्बन्धित समय र पक्षहरु फरक रहेकाले नेपालकैं पात्रोलाई पूर्ण रुपमा अवलम्वन गर्न नसकिने सहभागि पण्डित तथा ज्योतिषीहरुले उल्लेख गरे । यस वर्ष बडादशैंको टीका समेत नेपालको भन्दा अघिल्लै दिन लगाउनुपर्ने अवस्था तिथिले गराएको उनीहरुको दावी थियो ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को समन्वयमा टेक्ससको डलासमा भएको अन्तरक्रिया कार्यक्रममा अन्तर्रा्ष्टि्रय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. माधबप्रसाद भट्टराईले नेपालको क्यालेण्डरलाई अमेरिकामा हु–बहु लागु गर्न नमिल्ने धारणा राखे ।‘उताबाट देखिने सूर्य, तारा, ग्रहको गतिमा आधारित रहेर नेपालको भूगोलको हिसाब गरेर बनाइएको हो त्यो पात्रो । गौरीशंकर हिमालको देशान्तरलाई आधार मानेर बनाइएको हो नि,’ डा. भट्टराईले भने ।

अमेरिकाको लागि यहााको सूर्योदयको समय, देशान्तर, ग्रह, नक्षत्रलाई हिसाब गरेर छुट्टै क्यालेण्डर (पात्रो) आवश्यक रहेकोमा जोड दिनुहुादै डा. भट्टराईले त्यसो नभएमा तिथिप्रधान पर्वहरु ९५ प्रतिशत फरक पर्ने बताए । ‘नेपालको भूगोल, ग्रह, नक्षत्रलाई आधारमा मानेर तयार पारिएको क्यालेण्डरमा ११ र १२ घण्टा समय पछि पारेर अमेरिकामा तिथिप्रधान चाडपर्व, तिथि श्राद्ध गर्दा ९५ प्रतिशत फरक पर्छन, ५ प्रतिशतमात्र यदाकदा मिल्छन्’ उनले भने ।
उनले नेपालको क्यालेण्डरलाई थपक्क टिपेर अमेरिकामा मात्र होइन युरोप, अष्ट्रेलियामा रहेका नेपालीहरुले समेत प्रयोग गरिरहेकोमा त्यो ठीक नभएको उल्लेख गरे । ‘अमेरिकामामात्र होइन, युरोप र अष्ट्रेलयामा पनि फरक परिरहेको छ । सूर्योदय र ग्रह नक्षत्र अनुसार मिलाउनुपर्छ’ उनले भने ।

यसैबीच नेपालमा अक्टोबर ८ मा बडादशैंको दशमी (टीका) को दिन परेपनि अमेरिकामा भने अक्टोबर ७ तारिकमै पर्ने सहभागि ज्योतिषीहरुले बताए ।‘अक्टोबर ७ तारिक सूर्योदयसागै दशमी तिथि सुरु हुन्छ र अक्टोबर ८ तारिक बिहान साढे ४ बजेसम्म रहन्छ । अक्टोबर ८ तारिक बिहान सूर्योदय नहुादै एकादशी तिथि अमेरिकामा सुरु भैसकेको हुन्छ’ अर्का ज्योतिषी मेघराज निरौलाले भने । बडादशैको टीका दशमीको दिन देवी विसर्जन गरेर लगाउने परम्परा रहेकोले अक्टोबर ७ मै लगाउनुपर्ने भनाई डा. भट्टराईको समेत थियो ।नेपालमा भने अक्टोबर ८ तारिकमा टीका रहेको छ । अमेरिकामा एक दिन अघिनै लगाउनुपर्ने ज्योतिषीहरुको भनाईले नेपाली समुदाय अन्यौलमा परेको छन् । नेपालमा ग्रहण लाग्दा जसरी अमेरिकामा देखिदैन र अमेरिकामा लाग्दा नेपालमा देखिादैन त्यसैगरि पर्वहरु पनि सुरुवात हुने समय पनि फरक पर्ने तर्क उनीहरुको थियो ।

अन्तरकृया कार्यक्रममा ड्यालसमा नवस्थापित पृथ्वीनारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद पाण्डे ‘दीपक’ ले अमेरिकाको नेपाली समुदायलाई परेको द्विविधालाई हटाउन जरुरी रहेको बताए ।
कार्यक्रममा ड्यालसस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरका मुल पूजारी डा. शेखर पण्डितले समय पूर्बबाट पश्चिमतिर सर्दै गए जसरी तिथि भने पश्चिमबाट पूर्ब्तिर सर्दै जाने भएकोले कतिपय तिथिहरु अमेरिकामा पहिले पर्ने गरेको उल्लेख गरे ।