विज्ञान प्रविधि

सिम्रिकका जहाज उडाउन रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सको जहाजहरु ग्राउण्डेड गराइदिएको छ ।

कम्पनीले जहाजमा प्रयोग गरेका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणबाट जोखमपूर्ण रहेको भन्दै प्राधिकरणले उक्त कम्पनीले तत्काल जहाज उडाउन नपाउने गरी रोक लगाएको छ ।

४ वटा जहाज रहेको यस कम्पनीले काठमाडौंबाट पोखरा, भैरहवा, सिमरालगायत गन्तब्यमा उडान गर्दै आएको थियो ।

एक प्रकारको जहाजमा अर्के प्रकारका जहाजका पार्टपूर्जा राखेको पाइएपनि उक्त कम्पनीको उडान रोकिएको प्राधिकरणले जनाएको छ ।

हवाई सुरक्षामा लापरवाही गरेको भन्दै यूरोपेली यूनियनले नेपालको वायुसेवामाथि निरन्तर प्रश्न उठाइरहेको छ ।

जसले गर्दा नेपाल अहिले पनि कालो सूचिमा रहेको छ । यस घटनापछि नेपालमा वायुसेवा कम्पनीले गर्ने लापरवाही पनि उजागर भएको छ ।