समाचार

सगरमाथामा यो सप्ताहन्त मारिनेको संख्या तीन पुग्यो

सगरमाथामा यो सप्ताहन्त मारिनेको संख्या तीन पुग्योकाठमाडौँ । सगरमाथा आरोहणका लागि गएकामध्ये यो सप्ताहन्तमा थप तीन जनाको मृत्यु भइ सकेको छ । मृत्यु हुने मध्ये दुई जना नेपाली साइडबाट र एक तिब्बती साइडबाट आरोहण गर्न गएका थिए ।

नेपाली आरोहण गाइड ध्रुव बिष्ट हिमाल चढ्ने क्रममा बिरामी परेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । शुक्रबार उनको निधन भएको हो । यस्तै बेलायती आरोही रोबिन हेनेस फिसरको आठ हजार ६०० मिटरको उचाइमा मृत्यु भएको थियो । सगरमाथामा चुचुरोबाट ओर्लिने क्रममा लेक लागेर उनको मृत्यु भएको हो ।
यस्तै ५६ बर्षका आइरिस आरोही केभिन हेनसको पनि ७००० मिटर उचाइमा मृत्यु भएको छ । तिब्बती साइडमा आफ्नै टेन्टमा उनी मृत भेटिएका हुन् । दुई सन्तानका पिता हेनस बेलायतको ३६० एक्पिडिसन कम्पनी मार्फत सगरमाथा आरोहणका लागि गएका थिए ।

हेनस बुधबार ८३०० मिटरसम्म पुगेका थिए । तर, त्यसभन्दा माथि जान नसकेपछि अनुभवी आरोहण गाइड दावा सांगेसँगै ओरालो लागेका थिए ।

यो साताको सुरुमा सगरमाथा चुचुरोमा पुग्न लाइन नै लागेका थियो । आठ हजार मिटर माथि दर्जनौ आरोही चुचुरो तर्फ जान पालो पर्खि रहेको तश्विर नै सार्वजनिक भएको थियो । यो साताको सुरुमा चुचरोबाट ओर्लिने क्रममा भारतीय आरोही अन्जली कुलकर्नीको निधन भएको थियो । कुलकर्नी हिमाल आरोहणमा २५ बर्ष लामो अनुभव भएकी महिला हुन् । उनले यसअघि तान्जानियाको माउन्ट किलिमञ्जरो र रसियाको एलब्रस आरोहण गरेकी थिइन् । उनी सगरमाथाबाट ओर्लिने क्रममा ‘ट्राफिक जाम’मा फसेकी थिइन् । उनले सगरमाथा आरोहणका लागि छ बर्ष तालिम समेत लिएकी थिइन् । अमेरिकी आरोही डोनाल्ड लिन क्यासले पनि आरोहण पछि सफल अवतरण गर्न सकेनन् ।

यस्तै थप दुई भारतीय ओरोहीहरु कल्पना दाश र निहाल भागवानको पनि यो सातानै चुचुरोबाट फर्किने क्रममा मृत्यु भएको थियो । अघिल्लो साता अर्का भारतीय आरोही रवि पनि सगरमाथामा मारिएका थिए ।