अमेरिका

एनआरएनए उपाध्यक्षसँग अन्तरक्रिया

विश्व न्यूज संवाददाता
टेक्सस ।
गैर आवासीय नेपाली संघकी उपाध्यक्ष सपिला राज भण्डारीको आतिथ्यतामा विहिवार टेक्ससमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा उपाध्यक्ष भण्डारीले गैर आवासीय नेपाली संघले अहिलेसम्म गरेका गतिविधिबारेमा प्रकाश पार्दै भावी योजनाबारे जानकारी गराएकी थिइन् ।
उनले गैर आवासीय नेपाली संघका सदस्यहरुलाई परिचय पत्र उपलब्ध गराउने काम भैरहेको र त्यस परिचय पत्र मार्फत विभिन्न व्यवसायिक प्रतिष्ठानहरुमा सहुलियतको व्यवस्था मिलाइएको जानकारी दिएकी थिइन् ।
आयोजक गैर आवासीय नेपाली संघ अमेरिका टेक्सस च्याप्टर अध्यक्ष राजेश अर्यालको अध्यक्षता , सचिव सोफिन थापाको संचालन र एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडेको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा गैर आवासीय नेपाली संघका आइसिसीका पदाधिकारी तथा सदस्यहरु, गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनील साह लगायत पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।