अमेरिका

अस्टिनमा एमआरपी शिविर हुने

विश्व न्यूज संवाददाता
अमेरिका ।
टेक्ससको राजधानी अस्टिनमा नेपाली राहदानी वाहकहरुलाई आवश्यक पर्ने सेवा उपलब्ध गराउने उद्देश्यले दुइ दिने शिविरको आयोजना गरिएको छ । खासगरी हस्तलिखित राहदानीको प्रतिस्थापन गर्ने नेपाल सरकारले निर्णय यस अघि नैं गरिसकेकाले हस्तलिखित राहदानी भएकालाई मेसिन रिडेवेल पासपोर्ट उपलब्ध गराउनका लागि घुम्ती शिविरको रुपमा अस्टिनमा कार्यक्रम आयोजना हुन लागेको हो ।
ग्रेटर अस्टिन नेपलिज सोसाइटीले टेक्ससमा रहेका अन्य संघ संस्थाहरुसगको सहकार्यमा आउदो सेप्टेम्वर १४ र १५ का दिन वासिङटन डिसी स्थित नेपाली दुतावासवाट आउने अधिकारीहरुको उपस्थितिमा शिविर आयोजना गर्न लागेको हो ।
सो अवसरमा सेप्टेम्वर १४ शनिवार अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीसँग अन्तरक्रिया कार्यक्रमको समेत आयोजक गरिएको ग्रेटर अस्टिन नेपलिज सोसाइटीका अध्यक्ष भोज राज भट्टले जानकारी दिए ।