फिचर

न्युयोर्कमा मंत्री बर्षमान पुनले गरे युएनए सम्मेलनको उद्दघाटन

न्युयोर्क
न्युयोर्क स्थित युनाईटेड नेप्लिज एसोसिएसन(युएनए) को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार बिहानै देखि सुरु भएको सम्मेलनको उद्घाटन नेपाल देखि आएका जलश्रोत तथा सिचाई मंत्री बर्षमान पुनले गरेका थिए । मंत्री पुन सम्मेलनको प्रमुख अतिथि हुन् । न्युयोर्क कुईन्स स्थित एक होटलमा आयोजित सम्मेलन सनिबार र आईतबार दुई दिन सम्म विभिन्न फोरमहरुको साथमा चल्ने छ ।
दुई दिने सम्मेलनको पहिलो दिन बिहानै देखि खेलकुद कार्यक्रम सुरु भएको छ । सम्मेलनको उद्घाटन पूर्व बिबिध झाँकीहरुको समेत प्रदर्शन गरिएको थियो भने पूर्व सभामुख ओन्सरि घर्तिको समेत सम्मेलनमा उपस्तिथी रहेको छ ।शुक्रबार राती आयोजित सम्मेलन पूर्व रात्रीभोजमा एनआरएका पूर्व अध्यक्ष शेष घले, उनकी पत्नि जमुना घले, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की, एनआरएन आइसीसीका उपाध्यक्ष कुमार पन्त, युएनएका संस्थापक पासांग लामा, सम्मेलन संयोजक सोनाम लामा, गायिका इन्दिरा जोशी, पूर्वमिस नेपाल युनिभर्स मनिता देवकोटा लगायतको उपस्थिति थियो ।
दुई दिन सम्म चल्ने उक्त सम्मेलन आइतबार सम्पन्न हुनेछ ।