विश्व

ट्रम्पलाई तालिवानको धम्की -अझ धेरै अमेरिकी मर्नेछन्

काबुल । तालिवानसँगको शान्ती सहमती नमान्ने बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तालिवानले अब अझै बढी अमेरिकी मारिने धम्की दिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले तालिवानको निरन्तर आक्रामण पछि शान्ती सहमति भंग भएको घोषणा गरेका थिए ।

सहमति अनुसार आगामी २० साता भित्र ५४ सय अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता हुने थिए ।

अफगानिस्तानको राजधानी काबुलमा भएको बम हमलामा एक अमेरिकी सैनिक मारिएपछि ट्रंपले तालिबानसँगको शांति सहमतिबाट पछि हट्ने घोषणा गरेका थिए ।

उनको घोषणासँगै तालिबानको तर्फबाट यो धम्की आएको हो । तालिवानका तर्फबाट जारी वक्तब्यमा भनिएको छ, यस फैसलाबाट अझै धेरै अमेरिकी मारिनेछन्, घाटा अमेरिकालाई हुनेछ ।

उक्त वक्तब्य तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदका तर्फबाट जारी गरिएको हो ।

डोनाल्ड ट्रंपले तालिवानलाई हमलाको आरोप लगाइरहँदा अमेरिकी सेनाले पनि अफगानिस्तानमा लगातार बम वर्षाइरहेको भन्दै उनले आगामी दिनमा अझै धेरै अमेरिकीको ज्यान जाने धम्की दिइएको छ ।

अफगानिस्तानमा एक दशकदेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच ९ चरणमा शांति वार्ता भइसकेको छ । तर, सबै वार्ता नतिजामूखी हुन सकिरहेका छैनन् ।

एजेन्सी