डायस्पोरा

एसाइलीको अन्तरवार्तामा एम्बेसीले भिसाको निवेदन रिजेक्ट गर्यो , यस्तो अवस्थामा के गर्न सकिन्छ ?

रमेश श्रेष्ठ,न्युयोर्क

कानुन व्यवसायी

म नेपालमा हुर्केको वा बसोवास गरेको टिबेटन हुँ । मेरो एसाइलमको निवेदन एप्रुभ भएपछि मेरो दुई छोरा, जो नेपालमा छन्, उनीहरुका लागि आई–७३० को निवेदन गरी नेपालमा एसाइली भिसाका लागि युएस एम्बेसीमा अन्तरवार्तामा उनीहरु गएका थिए । टिबेटनको हैसियतले नेपालबाट निस्कन गाह्रो भएकाले दुवै छोराले विगतमा दलालमार्फत नेपाली पासपोर्ट बनाई बी–१÷बी–२ भिसा एप्लाई गरेका थिए । तर, भिसाको निवेदन रिजेक्ट भएको थियो । तर, अहिले एसाइलीको अन्तरवार्तामा विगतमा बी–१÷बी–२ भिसा एप्लाई गरेको जन्म मिति र अहिलेको वास्तविक जन्म मितिमा फरक परेकाले युएस कन्सुलेटले भिसा दिन अस्वीकार ग¥यो । भिन्न जन्ममितिका साथसाथै नेपाली पासपोर्टमा भएको जन्म मितिअनुसार मेरो छोराहरु २१ वर्षभन्दा बढी देखिने भएकाले यी व्यक्तिहरु नाबालक छोराछोरी भनेर डेरिभेटिभ एसाइलीको स्टाटस पाउन योग्य छैनन् भनेर आई–७३० पेटिसनको एप्रुभललाई रिभोक गर्न भनी सो निवेदनहरु युएससीआईएस अफिस अमेरिकामा फर्काइदिएको छ । अहिलेसम्म युएससीआईएसले केही पनि चिठीपत्र हामीलाई पठाएको छैन । अब यस्तो अवस्थामा के गर्न सकिन्छ होला ? सुझावका लागि धन्यवाद ।
– के कर्मा, अस्टोरिया, न्यूयोर्क

युएस इमिग्रेसन ल अनुसार अमेरिकामा एसाइलम एप्रुभ भएपछि त्यस एसाइलीको स्पाउसेस र नाबालक (२१ वर्ष नपुगेका)हरुका लागि डेरिभेटिभ एसाइली स्टाटसका लागि आई–७३० पेटिसन फायल गर्नुपर्ने नियम छ । तपाईंको छोराहरुको आई–७३० पेटिसन्स एप्रुभ भएर युएस एम्बेसीमा पुगेपछि युएस एम्बेसीले साधारणतया ती बेनिफिसियरीहरुको भिसाका लागि योग्यतासम्बन्धी छानबिन गर्न सक्छ । ती बेनिफिसियरीहरुले विगतमा बी–१÷बी–२ वा अन्य किसिमका भिसाहरुको निवेदन दिएको रिकर्ड भएमा युएस एम्बेसी तथा कन्सुलेटले सो रिकर्ड र वर्तमान भिसा एप्लिकेसनको इन्फर्मेसनलाई कम्पेयर गर्न सक्छ । यदि त्यस्तो कम्पेयर गर्दा डिसक्रिपेन्सी देखापरेमा त्यस्ता इन्फर्मेसनको विश्लेषण गरी सो भिसा एप्लिकेन्टलाई भिसा दिन मिल्ने कि नमिल्ने भनेर निर्णय गर्नेछ । तपाईंका छोराहरुको केसमा दुई वटा डिसक्रिपेन्सिज युएस एम्बेसीले फेला पारेको छ । जसले तपाईंको छोराीहरुको डेरिभेटिभ एसाइली प्राप्त गर्ने योग्यतामा सिधा नेगेटिभ असर पर्न गएको छ । त्यसमध्ये सबभन्दा पहिला यो प्रश्न उठेको छ कि तपाईं र तपाईंको छोराहरु बोनाफाइड टिबेटन्स हो कि वा टिबेटन सोसाइटीमा हुर्किएको नेपाली सिटिजनहरु हो ? दोस्रो, नेपाली पासपोर्टमा उल्लिखित भएको जन्म मिति (जसले २१ वर्षभन्दा बढी उमेर देखाउँछ) सही जन्म मिति हो कि वा आई–७३० पेटिसनमा उल्लिखित जन्म मिति (जसले २१ वर्षभन्दा मुनिको उमेर देखाउँछ) सही हो ? यस्ता किसिमको कन्फ्क्टििङ इन्फर्मेसन देखा पर्न गएपछि युएस एम्बेसीले त्यस्तो इनफर्मेसनलाई नै सत्य वा सही इनफर्मेसन भनी कन्सिडर गर्नेछ , जुन इनफर्मेसन पुरानो वा पहिला पेश गरिएको थियो । त्यसैले युएस एम्बेसीले तपाईंको छोराहरुले बी–१÷बी–२ भिसाका लागि एप्लाई गर्दा पेश गरेको इनफर्मेसनलाई नै सत्य वा सही मानी पछि आई–७३० पेटिसनमा भएको इनफर्मेसनलाई स्वीकार नगरेको हुनसक्छ ।
अब यस अवस्थामा तपाईंले युएससीआईएसबाट आउने पत्रको प्रतीक्षा गर्नुपर्ने हुन्छ । युएससीआईएसले नोटिस अफ इन्टेन्ट टु रिभोक भनेर कारणसहित चिठी पठाउनेछ । त्यो पत्रको जबाफ दिने ३० दिनको समय हुनेछ । सो पत्रको जबाफ पठाउँदा तपाईंले सम्पूर्ण तथ्यसत्य कुराहरु खोली तपाईंको छोराहरु तपाईंसँग सम्बन्धित पुरानो बोनाफाइड टिबेटन्स हो भनी झल्किने कागजापतहरु जस्तै– बर्थ सर्टिफिकेट्स, टिबेटन ग्रीनबूक्स, टिबेटन रेफ्युजी अफिसको कागजपत्रहरु, स्कूल रिकर्ड्स (प्राइमेरी, मिडल स्कूल) एफिडेभिट्स–रिलेटिभ्स र फ्रेन्ड्स र अन्य कुनै पनि डकुमेन्ट्स जसले तपाईं र तपाईंको छोराहरु बोनाफाइड टिबेटन्स भनेर झल्कने र तपाईंको छोराहरुको एक्चुअल डेट अफ बर्थ देखिने कागजपत्रहरु पेश गर्नुपर्नेछ । यदि युएससीआईएसलाई तपाईंको कुरामा चित्त बुझेमा सो आई–७३० पेटिसन्सको एप्रुभललाई पुनः पुष्टि गरेर युएस एम्बेसीमा फिर्ता पठाइदिनेछ । यो अवस्थामा युएस एम्बेसीले भिसा जारी गर्नेछ ।