विश्व

कश्मीर मामलामा बोले ट्रम्प : दुइ देशले चाहे सहयोग गर्न तयार

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले कश्मीर मामलामा मुख खोलेका छन् । भारत-पाकिस्तान दुबै देशले चाहेको अवस्थामा अमेरिका यस मामलामा मध्यस्तता गर्न तयार रहेको राष्ट्रपति ट्रम्पले बताएका छन् ।

कश्मीरलाई भारतको एक प्राप्तका रुपमा लिने गरी संविधानका एक धारा नै खारेज गरिएपछि अहिले भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ ।

पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति ट्रम्मबीच जी७ बैठकका दौरान दुई साता अघि फ्रान्समा भेटवार्ता भएको थियो ।

दुई सातायता भारत र पाकिस्तानबीचको सम्बन्ध केही नरम भइसकेको भन्दै ट्रम्पले आवश्यक परे मध्यस्तताका लागि तयार रहेको संकेत गरेका हुन् ।

यसअघि अमेरिका भ्रमणमा पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटमा पनि ट्रम्पले मध्यस्तता गर्न सकिने बताएका थिए । कश्मीर मामलामा खासगरी पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोग मागिरहेको छ ।

एजेन्सी