अमेरिका

सचिवमा मेरो आकांक्षा स्वभाविक : जोशी

विश्व न्यूज संवाददाता
अमेरिका ।
गैर आवासीय नेपाली संघको आगामी सम्मेलनमा सचिव पदका आंकाक्षी गौरीराज जोशीले आफूले सचिवको पदको आंकाक्षा राख्नु स्वभाविक रहेको बताएका छन् ।
हाल अमेरिकाज क्षेत्रका लागि क्षेत्रीय संयोजक रहेका जोशीले आफूले हालको पदमा रहँदा गरेको काम र योगदानलाई नजिकवाट बुझेकाहरुले मेरो सचिवको पदको आंकाक्षालाई स्वभाविक मान्ने बताएका हुन् ।
उनले विश्व भर रहनुहुने गैर आवासीय नेपालीले समेत आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनले गैर आवासीय नेपाली संघले घोषणा गरेको भिजन २०२० मा हातेमालो गर्न आफू सचिव पदमा उठ्न लागेको बताउँदैं गैर आवासीय नेपाली संघको उचाईलाई माथि उठाउन आफु लागि पर्ने जनाए ।
अमेरिकाको टेक्सस डलास निवासी जोशीले यहाका संचारकर्मीहरुसँगको एक अन्तरक्रियात्मक कार्यक्रममा जोशीले क्षेत्रीय संयोजक रहँदा अमेरिकाज क्षेत्र अन्तर्गत रहेका राष्ट्रिय समन्वय परिषद्लाई सक्रिय राख्न र विवादरहीत ढंगवाट अघि बढाउन आफूले भूमिका खेलेको बताए । हाल एनआरएनएले महत्व दिइरहेको विज्ञ सम्मेलनको अमेरिकावाट सुरुवात गराउने देखि आइसिसीले दिएका अन्य जिम्मेवारी समेत व्यक्तिगत र सामुहिक ढंगवाट पुरा गर्ने काममा आफू पछि नपरेको उनको भनाई थियो ।
एक अर्को प्रसंगमा एनआरएनए आइसिसीको कार्यसमितिमा अमेरिकाज क्षेत्रवाट बढी भन्दा बढी प्रतिनिधित्व गराउने आफुले समन्वयकारी भूमिका खेलिरहेको बताउँदैं कम्तिमा एउटैं पदमा धेरैंलाई आकांक्षा नराख्न र एकले अर्कोलाई हराउन भूमिका नखेल्न समेत उनले आग्रह गरे ।