विश्व

कंगोमा रेल दूर्घटना, ५० को निधन, १ सयभन्दा बढी घाइते

कंगो । लिकबाट रेल उछिट्टिएपछि भएको भयानक दूर्घटनामा परी कंगोमा ५० जनाको ज्यान गएको छ ।

दूर्घटनामा १ सय भन्दा बढीको उपचार भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । कंगोको दक्षिण पूर्वी तान्गानयिका प्रान्तमा बिहीबार तिब्र गतिमा रहेका एक रेल लिकबाट उछिट्टिएको प्रत्यक्षदर्शीले बताएका छ ।

कंगोका मानवीय राहत माममा मन्त्री स्टीव मबीकाईका अनुसार ५० जनाको निधन भएको पुटी भएको छ । अन्यको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ ।

उनले ट्वीटमार्फत घटनाको पुष्टी गरेका हुन् । कंगोमा यस पटक पनि कंयौ यस्ता घटनामा मानिसहरुले ज्यान गुमाइरहेका छन् ।

खासगरी पुराना संरचना र त्यसको बेलैमा मर्मत सम्भार नगर्दा ठूल्ठूला दूर्घटना दोहारिने गरेको हो । स्थानीय समय अनुसार बिहीबा बिहान ३ बजेतिर तान्गानयिका प्रान्तको मायिबारीदीमा रेल दुर्घटना भएको थियो ।

गत मार्चमा भएको दुर्घटनामा २४ जनाले ज्यान गुमाएका थिए भने ३१ जना घाइते भएका थिए । कंगो गृहयुद्धबाट संघर्ष गरिरहेको मुलुक हो । गरिबीका कारण यस मुलुकले धेरै समस्याको सामना गरिरहनु परेको छ ।
एजेन्सी