विश्व

आइतबारबाट मलेसियाका लागि श्रम स्वीकृति प्रारम्भ

काठमाडौं । सरकारले आइतबारबाट मलेसिया जाने कामदारका लागि श्रम स्वीकृति दिन शुरु गरेको छ ।

श्रम तथा रोजगार मन्त्रालयका अनुसार १५ महिनापछि पहिलो पटक आइतबारबाट श्रम स्वीकृति पुनः खुला भएको हो । मलेसिया नेपालीहरुको सबैभन्दा आकर्षक रोजाईको मुलुक हो ।

खासगरी यहाँको हावापानी राम्रो मानिन्छ भने नेपाली शैलीमा हुने कामलाई अदक्ष नेपाली कामदारहरुले बढी रुचाउने गर्छन् ।

अर्थातः मलेसियाको रोजगारी कम मूल्य र कम परिश्रमयुक्त नै हुने गर्छ ।

नेपाल र मलेसिया सरकारबीच पछिल्लो समय भएको सहमतिसँगै अब शून्य लागतमा नेपाली कामदार मलेसिया जाने पाउने छन् ।

मलेसियाबाट करीव ५० हजार नयाँ रोजगारीको माग आउने सम्भावना रहेको बताइएको छ ।

किनकी मलेसियाका लागि पनि अन्य देशको तुलनामा नेपाली कामदार निकै सहज तथा इमानदार मानिन्छन् ।

सस्तो मूल्यमा पर्याप्त काम लगाउने पाउने भएपछि उनीहरु अन्य मुलुकको तुलनामा तेपाल नै रोजाईमा राख्ने गर्छन् ।

मलेसियाको रोजगारी खुलाउने सम्बन्धमा दुई मुलुकको सरकारबीच औपचारिक श्रम समझदारी भने ११ कात्तिकमै भएको थियो । तर, सरकारले कार्यान्वयनमा भने ल्याएको थिएन ।

मलेसिया जाने कामदारमाथि अधिक आर्थिक शोषण भइरहेको भन्दै सरकारले १२ जेठ २०७५ बाट मलेसियाको रोजगारी रोकेको थियो । त्यसपछि ठगी गर्ने कम्पनीमाथि कारवाही शुरु गरिएको थियो ।