समाचार

मन्त्रि गोकुल बास्कोटा भन्छन् - बिप्लबले हिंसा जारि राखे सरकारले नियन्त्रणमा लिने

काठमाडौ
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द” विप्लब” नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि नहटने पनि स्पस्ट पारेका छन् । उनले चन्द नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकाले त्यसलाई फिर्ता लिनै नसक्ने अडान समेत दोहोर्याए। मुलुकको शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रत्याभूति गराउने दायित्व भएकाले सरकारले त्यस्ता हिंसात्मक गतिविधिलाई कडाईका साथ नियन्त्रण गर्नुको विकल्प नरहेको मन्त्री बास्कोटाको भनाई छ ।
सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले शान्तिपूर्ण राजनीतिमा आउनेलाई सधैं सम्मान गर्ने पनि स्पष्ट पार्ने कोसिस गरे । शान्तिपूर्ण राजनीति गर्नेमाथि सम्मान गर्ने संवैधानिक व्यवस्था भएकाले सरकार सोही अनुसार अघि बढने पनि मन्त्री बास्कोटाले बताए । पत्रकारको जिज्ञासाको जवाफ दिदै मन्त्रि बास्कोटाले सरकारको कुनै पनि राजनीतिक शक्तिलाई नियन्त्रणमा लिने चाहना, उद्देश्य र लक्ष्य नभएको समेत बत्ताए ।