समाचार

बिस्फोटनमा ज्यान गुमाउनेहरु सामान्य जनता हुदै होईनन -गृह मंत्री

काठमाडौ

गृहमन्त्री रामबहादुर थापाले राजधानीको बम विस्फोटमा मृत्यु भएकाहरु विप्लब समुहसंग सम्बन्धीतहरु भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउने क्रममा प्रतिपक्षी दलका सांसदहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दे मंत्री थापालेले विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको बताएका हुन् । उनले भने “ती सामान्य नागरिक होइनन् भन्ने नै भनाई हो । ती सामान्य जनता होइनन् । ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो । दुई ठाउकै घटनामा, बम बनाउने क्रममा केही प्राविधिक त्रुटी भए पछि उनीहरुको ज्यान गएको अहिले सम्मका अनुसन्धानले पुष्टि भएको छ । गैह कानुनी र अपराधीक क्रियाकलाप संग सम्बन्धीत नै ती व्यक्तिहरु थिए । त्यस कारणले तीनहरुलाई हामीले सामान्यतयाः जनता भन्दैनौ । उनीहरु घटनासंग सम्बन्धीत् व्यक्ति नै हुन् ती सामान्य नागरिक होइनन् । त्यही रुपमा बुझ्न म अनुरोध गर्छु । ” विप्लव समुहसंग साँठगाँठ त छैन भन्ने प्रतिपक्षी सांसदहरुको प्रश्नलाई उनले “नाजायज प्रश्न” को संज्ञा दिए ।उनले सांसदको उक्त प्रश्नको थप जवाफ दिदै भने “सरकार र विप्लव समुहसंग साँठगाँठ त छैन भन्ने प्रश्नहरु नै नाजायज प्रश्न हो । प्रश्नलाई उल्टाएर हेर्दा कतै ती प्रश्नहरुको सम्बन्ध उतै छ छैन भन्ने लाग्छ ।” उनले शान्ति पुर्ण रुपमा समस्या समाधान गर्नु पर्छ भन्नेमा सरकार स्पष्ट रहेको भन्दै कानुन र संविधान मिच्ने, जनतालाई आतंकित पार्ने गतिविधि आपराधिक हुने भएकाले त्यस्ता आपराधिक घटनालाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्ने कोसिस गरे । कानुन मिचेकाले नियन्त्रणमा लिने प्रयास संगै वार्ता संवाद मार्फत गतिविधिलाई नियन्त्रणमा ल्याई मुल प्रवाहमा ल्याउने प्रयास सरकारले गरिरहेको जानकारी दिए । उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्नमा नै मुलभुत रुपमा सरकार सफल रहेको दाबी समेत गरे । सरकार गठन गर्नु अघि र त्यसपछिको अवस्थाको तुलना गर्दा सरकार शान्ति सुरक्षा कायम गर्न सक्षम रहेको निष्कर्ष सरकारले निकालेको समेत उनको भनाई थियो ।

गृहमन्त्रीको जवाफमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आपत्ती जनाउदै भने “घुमाएर नबोलौ, हिजोको घटनामा कुन पार्टीको कुन माननियको संलग्नता छ । त्यो प्रस्ट रुपमा आउनु पर्छ । हिजोको घटनामा मृत्यु हुने जनता होइनन् भन्ने अधिकार कसले दियो उहाँलाई ? के उनीहरु जनता होइनन् ? हिजो पनि द्धन्द्ध कालमा जति मरे ÷मारिए, के उनीहरु जनता थिएनन् ? नेपाली नागरिक थिएनन् ? त्यसकारण यो गैह् जिम्मेवार शब्द प्रयोग गर्न हुन्न । गर्न पाईन्न । त्यसकारण सांठगाँठ र नाजायक शब्द रेकर्डबाट हटाउन माग गर्दछु । ”