डायस्पोरा

कि उठ्नुपर्छ, कि मैले बिदा लिनुपर्छ, म स्वभाविक रुपमा प्रत्याशीः पन्त

 

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को साधारणसभा तथा अधिवेशन आउदो अक्टुबर १३ देखि १६ सम्म काठमाण्डौंमा हुदैंछ । सो अधिवेशनले एनआरएनए आइसिसीको नया नेतृत्व चयन गर्दैछ । यो अधिवेशनमा हालका उपाध्यक्ष कुमार पन्त अध्यक्षमा उठ्ने चर्चा छ । उनैं पन्त अमेरिका आएको समयमा उनीसग विश्व न्यूज तथा विश्व सन्देशका लागि सुरज भण्डारीले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ । – सम्पादक

एनआरएनए आइसिसीले अहिले महत्व दिएर बढाएको मुद्दा चाहि के हो ? 

अहिले एनआरएनए आइसिसीको अलि बढी ध्यान दोहोरो नागरिकताको कार्यन्वयन गराउने तर्फ रहेको छ । यसका लागि ऐन कानुन बन्न बा“की छ । हामी अहिले पनि खासगरी दोहोरो नागरिकताको सन्दर्भमा एनआरएनका कती पुस्ता सम्मका लाई यो व्यवस्था भित्र मान्ने, गैर आवासीय नेपालीले राहदानी कस्तो बोक्ने , यदि गैर आवासीय नेपालीले अन्य देशका नागरिकसग विवाह गरेको छ भने उनीहरु पछिका कती पुस्तासम्मलाई गैर आवासीय नेपाली मान्ने यि यस्ता केही विषयहरुमाथि अझैं सरकारका अधिकारीहरुसग छलफल चलिरहेको छ । अझ कति समय भन्दा बढी देश वाहिर रहेकालाई एनआरएन भन्ने सन्दर्भमा पनि हाम्रो भनाई र नेपाल सरकारको भनाई फरक छ तर पनि अहिले २ वर्ष भन्दा बढी भन्ने सन्दर्भमा एक प्रकारको सहमती जस्तो गरेर अगाडि बढिएको छ । दोहोरो नागरिकताको सवालमा अहिले अलि बढी ध्यान दिएको अवस्था हो । संविधानले नैं राजनितिक अधिकार बाहेकको नागरिकता पाउने व्यवस्था गरिसकेकाले नागरिकता पाउने भने पक्का छ । तर कस्तो व्यवस्था सहीतको रहने भन्नेवारे अहिले छलफल भैरहेको छ, ऐन कानुन बन्ने प्रक्रियामा रहेको छ ।

नागरिकताको मुद्दा पछि अरु पनि मुद्दा छन् कि ?

हो अहिले अलि बढी ध्यान नागरिकता मा नैं दिएका छौं । तर हामी सग धेरैं एजेण्डाहरु छन् । जस्तो अर्को महत्वपूर्ण एजेण्डाको रुपमा दोहोरो कर रहेको छ । दोहोरो कर कारण हाम्रो नेपाललाई घाटा भैरहेको छ । यो हटाउदा राज्यको हितमा नैं हुन्छ । अहिले गैर आवासीय नेपालीहरु पनि विदेशमा स्थापित भैराख्नुभएको छ । आर्थिक हैसियत पनि बढ्दै गएको छ । दोहोरो कर प्रणालीका कारण व्यापार व्यवसाय बढाउन कठिनाइ भैरहेको छ । यसले गर्दा नेपाललाई घाटा भैरहेको छ । यो हटाउन नेपाल सरकारसग आग्रह गरिरहेका छौं, सगसगैं नेपाल सरकारलाई धेरैं देशहरुमा दोहोरा कर प्रणाली हटाउनका लागि पहल गर्न समेत अनुरोध समेत गरेका छौंैं । हामी जो जहा रहेका गैर आवासीय नेपाली भएपनि हाम्रो पहिलो ध्यान भनेको नेपालनैं समृद्द होस् भन्ने छ नेपाल विकास भएको हेर्न चाहन्छौं । नेपाललाई धनी बनाउनुपर्दछ भन्ने नैं गैर आवासीय नेपाली संघ खोल्दा देखिकैं हाम्रो सोंच हो । यसका लागि नेपालमा विश्वभरी छरिएको हामी गैर आवासीय नेपालीको पुजीस“गैं ज्ञान,सिप र प्रविधि नेपालमा लैजान हामी लागिरहेका छौं । सामुहिक लगानी समेत नेपालमा भित्राउन गैर आवासीय नेपाली संघले पहल अघि बढाएको छ । कतिपय क्षेत्रमा त सामुहिक लगानी समेत भएको छ भने व्यक्तिगत तवरले त धेरैं नैं लगानी गरिएको अवस्था हो । पुजी त छदैं छ यस वाहेक पनि हामी अहिले पुजी भन्दा पनि सिप र दक्ष्ँता महत्व पूर्ण हुन्छ भनेर त्यसतर्फ लागेका छौं । यसलाई नेपालसग जोड्न सक्दा नेपालको विकास र समृद्दिका लागि त्यो अहं हुन्छ । यसका लागि २ वर्षमा विश्व विज्ञ सम्मेलन गरी त्यसको सुरुवात गरेका छौं । पछिल्लो विश्व विज्ञ सम्मेलन गरी त्यसको निजोडलाई समेटेर श्वेतपत्र जारी गरी सरकारलाई बुझाएका छौं । यसका साथैं नेपालको समृद्दिका लागि लगानी समेत बढाउन जरुरी छ । त्यसतर्फ पनि एनआरएनए आइसिसीले पहल सुरु गरेको छ । हामीले कमसेकम १० अर्व लगानी गर्छौ भनेर प्रतिवद्धता समेत गरेका छौं । हामी विदेशमा झण्डैं ८० लाखको संख्यामा छौं । यसका साथैं हाम्रो जेनेरेशन पनि विस्तारैं विदेशमा बढिरहेको छ । उनीहरुलाई पनि नेपालसग माया बढाउनु आवश्यक छ यसर्थ पनि नागरिकतालाई खुकुलो बनाउन माग गरेका छौं त्यसका लागि लविङ भैरहेको छ । पोलिसी इन्ष्टिच्युटमार्फत पनि काम गर्न खोजिरहेका छौं । केही महत्वपूर्ण मागहरु सम्वोधन भए पश्चात पनि हामी सग धेरैं एजेण्डाहरु छन् जो समय क्रमसगैं आउदैं जानेछन् ।

तपाईले लगानीको कुरा गर्नुभयो, लगानी त निकैं कम नेपालमा गएको छ होइन, आखिर किन ?

यस्तो हुनुमा केही कारणहरु छन् । जस्तो त्यसको एउटा महत्वपूर्ण कारण दोहोरो कर प्रणाली हो यो समस्या हो । यसलाई समाधान गर्ने दिशामा हामी लाग्नैपर्दछ । अर्को भनेको विगतमा नेपालको निति यस्तो थियो कि नेपालवाट आम्दानी होस् वा पुजी अन्य देशमा लैजान गाह्रो थियो । लगानी वाहिर लैजान नसिकने अवस्था थियो । हामीले यसबारे पटक पटक छलफल गरे पश्चात अहिले अलि खुकुलो भएको अवस्था छ । विगतमा एक प्रकारले भन्दा वन वे जस्तो थियो । हामी विदेशमा पनि व्यापार व्यवसाय गरिरहेका छौं । हाम्रो पुस्ता यहा हुर्किरहेको छ । यो अवस्थामा नेपालमा गरिने लगानीको प्रतिफलवाट विदेशमा पनि केही गर्न सकिन्छ भन्ने हुदा त्यसले नेपालमा लगानी बढाउन मद्दत गर्छ अव भने त्यो अवस्था बन्दैं गएको छ । अर्को भनेको विगतमा नेपालमा समेत के क्ष्ँेत्रमा लगानी गर्ने कस्तो क्षेत्रमा गर्ने भन्ने अभाव थियो । हामी विभिन्न देशमा छौं, नेपालको आवश्यकता, वजार आदिका सम्वन्धमा थाहा नहुदा समेत विगतमा लगानी गर्न गैर आवासीय नेपालीहरु डराइराख्नुभएको थियो । कोडिनेशनको अभाव थियो अहिले भने त्यो तर्फ पनि एनआरएनए आइसिसीले पहल गरेको छ । , म्युचअल फन्डको अवधारणा आएको छ । लगानी हुदैं नभएको होइन विगतदेखिनैं व्यक्तिगत रुपमा समेत थुप्रैं एनआरएनहरुले लगानी गर्नुभएको छ । कतिपय थाहा नपाएर फस्नुपनि भएको छ, अहिले विस्तारैं गु्रप बनाएर लगानी हुन थालेको छ । नेपालको प्राइभेट सेक्टरसग मिलेर लगानी गर्न थालिएको छ । नेपालमा सामुहिक लगानी गर्न कति गैर आवासीय नेपालीको चाहना छ भनेर बुझन् हामीले सन् २०१२ मा एउटा पाइलट प्रोजेक्टको रुपमा लमजुङ दोर्दी खोलामा हाइड्रोपावर प्रोजेक्ट सुरु गर्यौं जसमा १ हजार गैर आवासीय नेपालीले लगानी हाल्नुभयो, र अहिले त्यो काम सकिने अवस्थामा छ । यसले सामुहिक लगानी गर्न एनआरएनहरु उत्साहित हुनुहुन्छ भन्ने देखाएको छ, अहिले हामी विभिन्न देशमा जादा गैर आवासीय नेपालीले लगानी बारे चासो राखिराख्नुभएको छ यसका लागि हामीले एउटा म्युचिअल फन्ड बनाएर जादैंछौं । जसमा संघ, नेपालको निजी क्षेत्र र सरकारको तर्फवाट ५/५ प्रतिशत र बाकी ८५ प्रतिशत आइपिओमार्फत गैर आवासीय नेपालीहरुको शेयर रहने छ । अव विस्तारैं लगानी समेत बढ्नेछ । अर्को लगानी त्यति धेर नहुनुको पछाडि अर्को कारण लगानीको प्रतिफलको निश्चितता पनि थिएन । राजनितिक अस्थिरता रहेको थियो । अहिले देश पनि राजनितिक स्थिरतातर्फ उन्मुख छ । ३ वटैं चुनाव सम्पन्न भएर देशको राजनिति स्थायीत्व तर्फ गएको छ, लगानीको वातावरण पनि बनिरहेको छ अव पक्कै लगानी बढ्नेछ ।

एनआरएन कुरा गर्दा कतिपय व्यक्तिले एनआरएनए संस्थालाई गलत प्रयोग गरिरहेको विषयहरु पनि समय समयमा उठिरहन्छ, यसलाई कसरी हेर्नुभएको छ ?

हामी प्रवासमा ८० लाख बढीको संख्यामा छौं । हामीसगैं एनआरएनएको अभियानमा जोडिएका छौं । संस्थामा लाग्न चाहन्छौं । संस्थामा लाग्ने वित्तिकैं वा लागेपछि लाग्ने व्यक्ति कस्तो प्रवृत्तिको छ, उसका गतिविधि कस्तो छ भनेर थाहा पाइहाल्न सकिदैंन । नलाग्दैं उसको नियत वारे पनि थाहा हुदैंन सजिलैं चेक गर्ने कुनैं मेकानिज्म पनि हामी सग छैन । तर विभिन्न समयमा एनआरएनएमा लागेकाहरुका बारेमा समेत विभिन्न विषयहरु आइरहेका हुन्छन् । मानवतस्करी,ठगी जस्ता गतिविधिमा समेत नाम जोडिएको हुन्छ । हामी त्यो थाहा पाएपछि उनीहरुलाई नेतृत्वमा आउन नदिने तर्फ जोड दिइरहेका हुन्छौं । नेतृत्वमा उनीहरुलाई नल्याउने तर्फ हामी प्रतिवद्ध छौं । केही व्यक्तिका कारण एनआरएनएलाई लिएर कुनैं गलत परिभाषा नहोस् भन्ने तर्फ हामी सचेत छौं । त्यसैले हामीसग अनुशासन कमिटि पनि बनाएका छौं । त्यस कमिटिले यस्ता गतिविधिलाई निगरानी गरिराखेको हुन्छ ।

ध्यान अलि बढी अहिलेकैं पुस्तामा लगाउदा अबको पुस्ताले कसरी एनआरएनएलाई बुझ्न सक्ला ? केही योजना छन् कि ?

पक्कैपनि हामी पछिको पुस्तालाई एनआरएनए अभियानसग जोड्न सक्नुपर्दछ । नेपालसग जोड्न जरुरी छ , यसतर्फ हामी लागिरहेको छौं । दोस्रो पुस्तालाई जोड्नका लागि नैं हामीले धेरैं कार्यक्रम युवा विद्यार्थी लक्ष्ँित गराएका छौं । भिजन २०२० मा समेत त्यसलाई फोकस गरेका छौं । खेलकुदको माध्यमवाट होस् अन्य कार्यक्रमवाट युवा विद्यार्थीलाई एनआरएनए अभियानमा जोड्ने कोशिष भैरहेको छ । नागरिकताको सवाल पनि यसमा जोडिएको छ, नागरिकतालाई केही सहज वनाउन सक्दा उनीहरुलाई समेत हामी नेपालको नागरिक हौं भन्ने भएपनि उनीहरुमा दायित्ववोध समेत बढ्छ । युवा उद्यमीलाई विभिन्न रुपमा हामीले सहयोग गरिरहेका छौं । यतिमात्र होइन एनआरएनएमा खासगरी विद्यार्थीलाई कसरी समेट्ने भन्ने तर्फ विधानवाटनैं सम्वोधन गर्न हामी लागेका छौं खासगरी नेपाल सरकारको एनआरएनए सम्बन्धी परिभाषाले गर्दा केही कठिनाइ भएको छ । तर विस्तारैं त्यो पनि समाधान हुनेछ । युवा विद्यार्थी नेपाल र नेपाली समुदायसग जोड्ने कार्यक्रम विभिन्न एनआरएनए एनसिसी मार्फत समेत भैरहेको छ । एनआरएनए आइसिसीको कार्यसमितिमा समेत एकजना युवा उपाध्यक्ष्ँको व्यवस्था रहेको छ यो सबैं युवा विद्यार्थीलाई जोड्नकैं लागि हो । अझैं धेरैं गर्न बाकी छ विस्तारैं कार्यक्रममार्फत त्यो अवस्था बन्दै जानेछ ।

तपाई नेतृत्वमा उठ्ने चर्चा सुनिन्छ, के तपाई अध्यक्षमा उठ्दैं हुनुहुन्छ ?

संघ स्थापना भएको सन् २००३ मा हो । म सन् २००४ देखि सक्रिय रुपले यस अभियानमा लागेको छु । सक्रिय मात्र होइन एकदमैं सक्रिय भएर एनआरएनए आइसिसीको मुभमेण्टमा म लागेको छु । यो संघको विभिन्न पदमा रहेर २ पटक उपाध्यक्ष भैसके । अव विधानले पनि यसमा दोहोरिन कुरा रहेन कि मैले विदा लिनुपर्दछ कि अध्यक्ष्ँको रुपमा कन्टिन्यू हुनुपर्दछ । म सग अर्को अप्सन छैन । म सक्रिय रुपमा संघको पदमा रहेर लाग्ने हो भने म अध्यक्षमा उठ्नैपर्दछ । त्यसैले पनि म अध्यक्ष्ँको प्रत्याशी बन्ने कुरा स्वभाविक हो र म अध्यक्ष्ँको प्रत्याशी हुन्छु । र म अध्यक्ष्ँको प्रत्याशी बन्ने कुरालाई संसारभरका साथीहरुले कसरी लिनुहुन्छ भनेर बुझ्न समेत म विभिन्न देशमा गएर साथीहरु सग भेट्ने फिडब्याक लिने सुझाव लिने काम गरिरहेको छ । जहा जहा गैरहेको छु मेरो उम्मेद्वारी गर्ने कुरालाई साथीहरुलाई सकारात्मक रुपमा लिनुभएको छ अगाडि बढ्न भनिरहनुभएको छ । त्यसैले म अध्यक्ष्ँको प्रत्याशी बन्छु ।

तपाई र हालका अध्यक्ष भवन भट्ट बीच केही सहमती विगतमा भएको थियो भन्ने सुनिन्छ के हो त्यो ?

हुनत हामी २ जना विचको कुराकानी,सहमती वा भनौं एग्रिमेन्टले सबैं एनआरएनहरुलाई त खास ठूलो अर्थ राख्दैन । तर पनि हामी विचमा विगतमा उहा(भवन भट्ट) अध्यक्षमा उठ्दा मैले सघाउने र अव म अहिले उठ्दा उहाले सघाउने सहमती भएको हो । हामीहरु त्यही रुपमा अगाडि बढेका छौं । त्यसमा नैं अहिले पनि अडिग छौं ।

संस्थालाई राजनिति वाट टाढा राख्ने सबैंले कुरा गर्नुहुन्छ, तर राजनिति त झन् झन् घुस्दैं गएको छ नि एनआरएनएमा यस बारे के भन्नुहुन्छ ?

संघलाई विशुद्ध सामाजिक संस्था बनाउनुपर्दछ । सवै विचार, सबै क्ष्ँेत्र, सवै जातजाी, भाषा भाषी अट्ने गैर आवासीय नेपालीको साझा ठाउ बनाउने भनेर नैं यसको स्थापना भएको हो । यसमा सबैं अट्ने अवस्था बन्नुपर्दछ । यो विशुद्ध सामाजिक भावले स्थापित गैर आवासीय नेपालीको संस्था हो । संस्था ठूलो भएस“गैं यता कता राजनितिक नेता तथा कार्यकर्ताहरु यसमा खेल्न खोज्नुभएको छ, राजनितिक करण गर्ने काम भैरहेको छ यसलाई हामीले एक प्रकारको चुनौतीको रुपमा लिएका छौं । यसलाई कसरी साझा संस्था बनाउनुपर्दछ भन्नेमा हामी सबैं एक छौं । फेरि हामी विदेशमा पनि आएर त्यही नेपाली पार्टीका झण्डा बोक्ने र आफैं आफैंमा विभाजित हुने काम गर्यौं भने त्यसले नेपाली समुदायलाई धोका दिनेछ । फेरि यहा आएर पनि विभाजित भई पार्टीगत झण्डा बोकेर हिड्न खोजे नेपाली समाजप्रति अन्याय गरेको हुन्छ । त्यस्ता गतिविधिले संघलाई समेत न्याय गरेको हुदैंन । यस तर्फ हामी सजग बन्नैपर्दछ । त्यसैले हामीले एनआरएनएको नेतृत्वदायी भूमिकामा आउन चाहनेले कुनैं अमुक पार्टीका राजनितिक संघ संगठनमा सक्रियता पूर्वक काम गर्न नपाउने व्यवस्था गरेका छौं । प्रवासमा अनि एनआरएनए संस्थामा नेपालको राजनितिको अर्थ छैन भनेका छौं । हामी यसलाई संसारभर त्यसरी नैं लगेका छौं । यो संस्थामा वसेर राजनिति नगरौं सबैं अट्ने एउटा साझा स्थल बनाउनुपर्दछ भनेर म लागेको छ । संस्था ठूलो भएपछि अलि अलि खिचातानी गरेको देखिन्छ तर पनि काम गर्ने सन्दर्भमा हामी फेरि एकजुट छौं ।

एनआरएनए आइसिसीले एनआरएनए अमेरिकालाई कसरी हेरिरहेको छ ? आइसिसीमा किन अमेरिकाको प्रतिनिधित्व कमजोर भएको हो ? यसमा युरोप अलि हावी भयो भन्छन् नि ?

अमेरिका प्रभुत्व गैर आवासीय नेपाली बस्ने राष्ट्र हो भनेर हामी बुझ्छौं । यहा देशका लागि समेत केही गर्न सक्ने नेपाली समुदाय छ भनेर संसारमा रहेका नेपालीले त्यसरी लिन्छन् । गैर आवासीय नेपाली संघले यहाको गैर आवासीय नेपाली र गैर आवासीय नेपाली संघ अमेरिकावाट ठूलो आशा राखेको छ, यहाको गतिविधिले अर्थ राख्छ, अमेरिकाको एनआरएन वलियो हुदा त्यसले आइसिसीलाई पनि बल पुगेको हुन्छ । संख्याका हिसावले समेत पहिला अमेरिका पहिलो थियो अहिले अष्ट्रेलिया छ तर पनि अमेरिकाको एनआरएनए मुमभेण्टमा ठूलो महत्व रहदैं आएको छ । पक्कैपनि यहाको गतिविधि हामीले नजिकवाट हेरिरहेका छौं, हामीले यहाको क्रियाकलापमा चासो र सरोकार राखिरहेका हुन्छौं अहिले त यहा इलेक्सन भैसकेको छ । नया समिति समेत आएको छ । चुनावको समयमा केही कुराहरु निस्किएका थिए । संस्था ठूलो भएपछि विचारको मन्थन हुन,ु छलफल हुनुलाई स्वभाविक रुपमा लिनुपर्दछ । खासगरी हामी चुनाव आउदा अलि बढी नैं हौसिन्छौं, कहिले काही यसमा विकृती पनि देखिन्छ । सबैं हामी सिक्दैं जाने हो, हरेक घटनावाट पाठ सिकेर अघि बढ्ने हो । यहाको घटनावाट पक्कैपनि यहाको एनसिसीले पनि केही प्ँँठ सिकेकोे छ । आइसिसीले पनि यसलाइ हेरेको छ । अव आगामी दिनमा यसवाट सिकेर अघि बढ्ने हो ।

एनआरएनए अमेरिकालाई लिएर सबैं आइसिसीका अधिकारीहरुको भनाई सकारात्मक रहन्छ, तर अँइसिसीमा चाहि उपस्थिति किन कमजोर भैरहेको छ भन्ने तपाईलाई लाग्छ ?

पक्कैपनि अमेरिकाको तर्फवाट अँइसिसीको कार्यकारी समितिमा हुनुपर्ने उपस्थिति नपुगेको साचो हो । यसबारेमा अँइसिसीमा रहेका हामीहरुका बीचमा अनौपचारिक कुराकानी हुदा पनि यो विषयमा कहिले काही चर्चा हुन्छ । हामी सबैं यहाको उपस्थिती राम्रो होस् भन्ने चाहन्छौं । तर समस्या यहाका साथीहरुमा नैं भएको म देख्दछु । निर्वाचनको समयमा यहाका साथीहरु विभाजित हुनुहुन्छ । एउटैं पदमा यहीका साथीहरु एकआपसमा लड्नुहुन्छ । हामी त यहावाट धेरैं साथीहरु कार्यकारी समितिमा आउनुहोस् भन्ने चाहन्छौं । इस्युमा आवाज उठाउनुहोस् र एक मत भएर चुनावमा जानुहोस् भनेर आग्रह गर्न चाहन्छु । यहाका साथीहरुवाटैं भोलीको आइसिसीकैं नेतृत्व निर्माण गर्ने गरी अघि बढ्नुहोस् मेरो त्यसमा सहयोग रहन्छ भन्न चाहन्छु । म तपाईहरुल्ाँई सघाउन प्रतिवद्ध छु ।

भनेपछि तपाईको टिममा यहावाट राम्रैं उपस्थिति हुनेछ होइन ?

एनआरएनएमा ग्रुपनैं बनाएर लड्न पाउने व्यवस्था छैन । तर पनि मेरो यहाका साथीहरु जुन पदमा उठ्न चाहनुहुन्छ । मेरो सहयोग रहन्छ । म सबैंलाई समेटेर जाने पक्ष्ँमा छु त्यसका लागि अमेरिकाका साथीहरुलाई पनि समेटेर लैजानेछु ।