समाचार

गैर आवासीय नेपाली संघको नयाँ नेत्रित्वमा कुमार पन्त

काठमाडौ ।  

गैर आवासीय  नेपाली संघको आगामी दुई बर्षको लागि नयाँ नेत्रित्वमा कुमार पन्त बिजयी भएका छँन् । नेकपा समर्थन पाएको भनिएका पन्त ले १२१७ मत पाएका थिए भने उनका प्रतिद्वन्दी नेपाली काङ्रेस समर्थक उमेद्वार कुल आचार्यले १०७० प्राप्त गरे ।  त्यसैगरी उपाध्यक्षमा बद्री केसी -११६३ अर्जुन कुमार श्रेष्ठ-१०२६  मन केसी -९६१ र सोनाम लामा – ८९८ मत प्राप्त गरी बिजयी भएका छँन् ।  महिला उपाध्यक्षमा रबिना थापा बिजयी भएकी छिन्   थापाले ११३२ मत प्राप्त गरिन भने उनको प्रतिद्वन्दी सपिला राज भण्डारीले ८६३ मतमा चित्त बुझाउनु परेको छ । महासचिबमा डा हेम राज शर्मा बिजयी भएका छंन् । सचिबमा गौरी जोशी र आर के शर्मा बिजयी भएका छन ।कोषाध्यक्षमा महेश श्रेष्ठ र  सह कोषाध्यक्षमा लोक दाहाल बिजयी भएका छँन् । संघको अन्तरराष्ट्रिय समन्वय परिषदको नेत्रित्वमा ३ जना निर्वाचित भएर यस पटक अमेरिकाले नयाँ किर्तिमान समेत राखेको छ ।  

केही झडप केही हल्ला बिच सम्पन्न निर्वाचन सुरुमा बिद्युतिय  प्रणाली मार्फत सम्पन्न गर्न कोसिस गरिए पनि सिस्टममा समस्या आएको भन्दै कागजी मत पत्र मार्फत नै निर्वाचन गरिएको थियो भने मतगणना  परिणाम समेत  केही ढिलो गरी आएको थियो ।  

दुई हजार ५७० प्रतिनिधिहरुले निर्वाचनमा भाग लिन नाम दर्ता गराएका थिए । निर्वाचन प्रक्रिया ढिला हुदा २ हजार ३४० मतमात्रै खसेको थियो ।

को हुँन् कुमार पन्त ? 

सन् २००४ मा एनआरएन अभियानमा संलग्न भएका उनी अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रका संयोजक भए ।सन् २००९–२०११ मा अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भएसँगै युरोप क्षेत्रको संयोजकको जिम्मेवारी वहन गर्न पुगे ।

सन् २०१३–२०१५ मा महासचिव भए र २०१५ यता दुई कार्यकाल आईसीसी उपाध्यक्षको जिम्मेवारीमा छन । सन् १९७६ मा गोर्खाको फुजेलमा जन्मिएका उनी विद्यार्थीका रुपमा सन् १९९९ मा जर्मनी गएका थिए । समाजशास्त्रमा स्नातक पन्त जर्मनीको फ्र्यांकफर्टमा बस्छन ।उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष हुन । उपाध्यक्षमा यो उनको दोस्रो कार्यकाल हो ।

उनको जर्मनी लगायत युरोपका विभिन्न देशमा होटलहरुमा लगानी छ । नेपालमा जलविद्युत परियोजना, बैंकिङ, रेमिट्यान्स, रियल स्टेट, सिमेन्ट उद्योग लगायतमा लगानी छ ।