समाचार

पाईथनले घाटी बेरेको अवस्थामा एक महिला मृत फेला

अमेरिकाको ईन्डियाना राज्यस्थित एक घरमा ८ फिट लम्बाईको पाईथन सर्पले घाँटिमा बेरिएको अवस्थामा एक महिला मृत भेटिएकी छिन् । प्रहरी अधिकारीहरुका अनुसार ती ३६ बर्षीय महिलाको मृत्‍यु सर्पले बेस्सरी घाँटी कसेको कारण हुन सक्छ । ईन्डियानास्थित बेटल ग्राउन्ड निवासी मृतक लाउरा हर्स्ट जुन घरमा मृत अवस्थामा भेटिएकी थिईन सोही घरमा अरु १४० वटा सर्प पालिएको भेटिएको छ ।  उक्त घर बेन्टोन काउन्टीमा कार्यरत प्रहरीको घर हो ।

महिलाको मृत्‍यु पाईथनको कारण भएको हो या अन्य करणले भएको हो त्यसको अन्तिम टुँगो शुक्रबार तय गरिएको पोस्ट्मार्टमको रिपोर्ट पछि मात्र टुंगो लाग्ने बताईएको छ ।  मान्छे नबस्ने उक्त घरमा पालिएका सर्पहरु मध्ये २० वटा सर्पको मालिक ती मृतक महिला थिईन् र हप्तामा २ पटक सर्प हेर्नको लागि त्यो घरमा जाने गर्दथिन् ।  

एजेन्सी