समाचार

डेलवेर दुर्घटनाका दोषीलाई १४ बर्ष जेल सजायको सट्टा १ बर्षको जेल बाहिरको परिक्षण

मेरिल्याण्ड राज्य निवासी एक पुरुषलाई गाडी दुर्घटना गरेर एकै परिवारका पिता र चार छोरीहरुको ज्यान गएको अभियोगमा १ बर्षको जेल बाहिरको परिक्षण अवधि तोकिएको छ । मेरिल्याण्डका ४६ बर्षीय अल्भिन हबर्ड थर्डले सन् २०१८ मा डेलवेरस्थित एक हाईवेमा बिपरित दिशामा गएर गाडी दुर्घटना गरेका कारण न्युजर्सीका एकै परिवारका पिता र ४ छोरीहरुको मृत्‍यु  भएको थियो ।

गत शुक्रबार न्यायाधिश केल्विन एल स्कट जुनियरले यदि दोषी ठहरिएका अल्भिन हबर्डले एक बर्षको जेल बाहिरको परिक्षण सन्तोषजनक निर्वाह  गरेको नदेखिए उनलाई १४ बर्षको जेल सजाय हुने निर्णय गरेका थिए । दुर्घटनामा ६१ बर्षीय औडी टिनिड्याड, २० बर्षीय क्याटलिन, १७ बर्षीय डाना र १३ बर्षीय जुम्लिया एलिसन र मलिसाको मृत्‍यु      भएको थियो भने चार छोरीहरुकी आमा भने बाँच्न सफल भएकी थिईन् । दुर्घटना हुँदा टिनिड्याड परिवार ओसन सिटीबाट भेकेशन मनाएर फर्किरहेका थिए । बाटोमा हबर्डले गाडी बिपरित दिशामा लगेर ठोकेका थिए ।  

दुर्घटनामा ज्यान जोगिएकी परिवारकी एक्ली बिधुवा सदस्य मेरी रोज बलोकनागले दोषी हबर्डलाई अधिकतम १४ बर्षको जेल सजाय नै माग गर्दै आएकी थिईन् । नर्थ जर्सी डट कमका अनुसार मेरीले “उसले हत्या गरेका ५ ज्यानको परिपूर्ति उसको एक ज्यानले हुँदैन” भन्दै १४ बर्षको जेल सजाय माग गरेकी थिईन् । अदालतमा सुनुवाईको समय दोषी हबर्डतर्फ फर्किएर आफ्नो सुन्दर परिवारको तस्बिर उसलाई देखाउँदै मेरीले भनिन “म तिमीलाई यिनिहरुको अनुहार राम्रोसँग हेर्न भन्छु किनकी तिमीले तिम्रा बच्चाहरुको अनुहार हेर्दा हरेक पटक मेरा छोरीहरु र पतिको टुक्रा टुक्रा भएको शरीर देखोस्”

शुक्रबारको सुनुवाईमा दोषी हबर्डका वकिल जोन क्रिकले दु:खद घटना भएको समय आरोपी हबर्डलाई अचानक खोकी लागेपछि जोड जोडले खोक्दा उनले चलाएको गाडी आफ्नो लेन छाडेर बिपरित तर्फको बाटोमा पुगेर दुर्घटना भएको” बताएका थिए ।  वकिल क्रिकको दाबी थियो कि दुर्घटनापछि चिकित्सकले हबर्डलाई श्वास प्रश्वासको दिर्ध रोगको औषधी सेवन गर्न दिएका छन् ।  

समाचार श्रोत र तस्बिर : डेली मेल