स्वास्थ्य

दिल्लीमा तुवालोको कहर जारी, जोरविजोर प्रणाली लागू

नयाँ दिल्ली । वायु प्रदूषणका कारण आक्रान्त भारतको राजधानी दिल्लीमा सवारी चलाउन अब जोर विजोर प्रणाली लागू भएको छ ।

अत्यधिक वायु प्रदूषण भएपछि सरकारले सवारीबाट उत्सर्जन हुने धुँवा तथा प्रदूषण घटाउने उपाय थालेको हो । कम भिजिबिलिटीका कारण भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलको उडान अवतरण प्रभावित भएको छ ।

सोमबार मात्र ३२ वटा जहाज डाइभर्ट गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । ति जहाज जयपुर, लखनऊ र अमृतसरमा डाइभर्ट गरिएको बताइएको छ ।

दिल्लीमा वायु प्रदूषण अधिक भएपछि अहिले विद्यालय बन्द छन् । मानिसहरुलाई घर बाहिर ननिस्कन चेतावनी दिइएको छ । निर्माणको काम रोकिएको छ ।