समाचार

आलमको थुनछेक बयान जारी

रौटहत । इटाभट्टीमा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा पक्राउ कांग्रेस सासंद महम्मद अफताब आलमको बयान मंगलबारबाट शुरु भएको छ ।

मंगलबार बयान नसकिएका कारण बुधबार निरन्तर जारी रहने भएको छ । रौतहट जिल्ला अदालतमा मंगलबार १ बजेबाट बयान सुरू भएको थियो । बयान कार्यालय समयमा मात्र लिने गरिन्छ ।

बुधबार बिहान १० बजेबाट पुनः बयान शुरु हुने भएको छ । बयान सकिएपछि आलमलाई थुनामै राखेर मुद्दाको सुनुवाइ अघि बढाउने या थुनामुक्त गर्ने भन्ने विषयमा थुनछेक बहस सुरू गर्ने प्रावधान रहेको छ ।

बम विस्फोटमा परेर घाइते भएकाहरुलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इट्टाभट्टामा हालेर जलाएको अभियोग उनीमाथि छ । सोहीअनुसार सरकारी वकिल कार्यालयले सोमबार उनी विरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको हो ।

व्यक्ति हत्याको अभियोगमा आलमसहित उनका भाइ महमद महताब आलम , मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साह यस अभियोगका आरोपी हुन् ।

आलम पक्राउ परेका छन् भने अन्य अभियुक्त फरार छन्। उनीहरुको नाममा भने पक्राउ पूर्जी जारी भएको छ ।