समाचार

आलमको बयान बुधबार पनि सकिएन, घटना नै नघटेको दाबी

रौतहट । रौतहट बम काण्डका मूख्य आरोपी कांग्रेस सांसद अफताव आलममाथिको बयान बुधबारसमेत जारी रह्यो । बुधबार सम्पन्न नभएको बयान बिहीबारसम्म चल्नेछ ।

बुधबार उनलाई दुई दर्जन प्रश्न सोधिएको छ । बिहान १० बजेदेखि जिल्ला अदालत रौतहतमा बयान शुरु भएको थियो । न्यायाधीश दीपक ढकालको इजलाशमा आलमलाई प्रश्न सोधिएको थियो ।

प्रश्नको जवाफमा भने आलमले बम नै नपिड्एको बयान दिएका छन् । न्यायाधिसले घटनाको बारेमा सोधेका हरेक प्रश्नको उनले इन्कारी जवाफ दिएको बताइएको छ । आफूलाई फसाउन झुटो आरोप लगाइएको उनको भनाई रहेको छ ।

प्रहरीको अनुसन्धानबाट मिसिलमा समावेश गरिएका प्रमाण नै गलत भएको उनको दावि छ । आलममाथि कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र बम विस्फोटको गरी तीन वटा कसुरमा बयान जारी रहेको छ ।

आलमको तर्फबाट नेपालका हाइप्रोफाइल वकिलहरुले बहस गर्ने भएका छन् । यसको भने कालोचना शुरु भएको छ ।