समाचार

कांग्रेसले तोक्यो उपनिर्वाचनका उमेदवार

काठमाडौं । नेपाली कांग्रेसले आगामी उपनिर्वाचनका लागि उमेदरवारको टुंगो लगाएको छ । १४ मसिरमा उपनिर्वाचन हुँदैछ ।

कास्की, बाग्लुङ, दाङ,र भक्तपुरका विभिन्न प्रतिनिधि र प्रदेश सभा उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लागेको कांग्रेसले जनाएको छ ।

बुधबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लागि उम्मेदवार तोकेको हो ।

कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ बाट खेमराज पौडेलले प्रतिस्पर्धा गर्ने भएका छन् । यहाँ धनराज गुरुङ उठ्ने चर्चा भएपनि उनी आफैले नउठ्ने बताएका थिए ।

खरो नेताका रुपमा चिनिने उनले नेकपा उमेदवार विद्या भट्टराईसँग भिड्ने आट गर्न भने सकेनन् ।

प्रदेशसभा निर्वाचनअन्तर्गत बाग्लुङ २ (ख) मा जित शेरचन, दाङ क्षेत्र नम्बर ३ (ख)मा केशव आचार्य र भक्तपुर क्षेत्र नम्बर १ (क)मा कृष्ण भँडेललाई उम्मेदवार तोकिएको छ ।

उपनिर्वाच्न नजिकिएसँगै पार्टीहरु तयारीमा होमिएका छन् । यस निर्वाचनले वर्तमान ओली सरकारको लोकप्रियताको जाँचसमेत गर्नेछ ।