अमेरिका

६ बर्षको बच्चा पेस्तोल लिएर बिद्यालय गए

न्युयोर्क

अमेरिकाको एक बिद्यालयमा ६ बर्षीय बालक गोली भरिएको पेस्तोल बोकेर बिद्यालय पुगेका छन् । ओहायो कोलम्बसस्थित किड्स केयर ईलमेन्ट्री स्कुलको कक्षा १ मा अध्ययन गर्ने एक बालक गोलीले भरिएको अर्ध स्वचालित पेस्तोल बोकेर बिद्यालय गएका हुन् । नाम नखुलाईएका ती बालकले आफ्नो ब्यागमा पेस्तोल लिएर आएको कुरा अर्को साथीलाई बताएका थिए । बुधाबारका दिन बालकले बन्दुक लिएर आएको कुरा सुनाएपछि तत्कालै अर्का साथीले शिक्षकलाई पेस्तोलको खबर सुनाएका थिए । त्यसपछि बिद्यालय प्रशासनले कुनै अप्रीय घटना घट्नु अगाडि नै पेस्तोल नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको थियो । प्रहरीले ती नाबालकलाई अभिभाबकको साथमा राखेर सोधपुछ समेत गरेका थिए । उमेरका कारण पेस्तोल बोकेर बिद्यालय आउने ती नाबालक माथि कुनै प्रकारको अभियोग नलाग्ने बाताईको छ ।  

अघिल्लो दिन मंगलवार नाबालकका अभिभाबकले आफ्नो हतियार हराएको भन्दै प्रहरीमा उजुरी गरेको भोलिपल्ट पेस्तोल भेटिएको हो । अमेरिकामा विद्यार्थीले स्कुल जाँदा पेस्तोल  लिएर गएको यो घटना पहिलो नभएपनि ६ वर्षका बालकले लिएको भने यो पहिलो घटना हो ।