समाचार

बलेवा समाजद्वारा ३० वटा स्टेचर बितरण

न्यूयोर्क/अमेरिका

बिरामी, अशक्त, गर्भवती महिला तथा सुत्केरीलाई स्वास्थ्य चौकी तथा अस्पताल लैजान सहज होस भन्ने उदेश्यले बलेवा समाज अमेरिकाले ३० वटा स्टेचर बितरण गरेको छ ।

बाग्लुङ जिल्लाको पैयुँपाटा, अमलाचौर र नारायणस्थान गरी ३ गाबिसमा ३० वटा स्टेचर बितरण गरिएको हो । जिल्लाका दुर्गम गाउँमा अझै मोटर बाटो पुगेको छैन । मोटर बाटो नपुगेका गाउँका बिरामीलाई अझै पनि स्टेचरमै राखेर अस्पताल वा स्वाथ्यचौकी सम्म पु¥याउनु पर्छ । यी गाबिसका लागि अति आवश्यक ठानेर नै स्टेचर बितरण गरिएको बलेबा समाजका अध्यक्ष अनिल अधिकारीले बताए ।
स्टेचरका किन्नका लागि अमेरिकामा बसोबास गर्दै आएका केही समाजसेवीबाट रकम सहयोग भएको पनि उनले जाकानरी दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदीले प्रवासमा रहेका नेपालीहरुले आफु जन्मेको ठाँउ र नेपाल प्रति माया देखाउँदै थुप्रै सामाजिक कामहरु गरिरहेको बताए ।
कार्यक्रममा ट्रेड यूनियन कांग्रेसका क्षेत्रिय उपाध्यक्ष रामप्रसाद अधिकारी, ट्रेड यूनियन कांग्रेस बाग्लुङका जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबु, वडा अध्यक्षहरु, स्वास्थ्य चौकीका प्रमुखहरु तथा थुप्रै स्थानियहरुको उपस्थिति रहेको थियो ।