विश्व

बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने भ्रमणका लायग आज काठमाडौं ओर्लदैं छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

२९ कात्तिकसम्म रहने राष्ट्रपतिको भ्रमण दलमा ५२ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो । करीव दुई दशकपछि बंगलादेशबाट पहिलो पटक राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको छ ।

राष्ट्रपतिको स्वागतका लागि काठमाडौंका सडकमा स्वागतद्धार बनाइएका छन् । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा रहँदा उनेल राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति भण्डारीले सोही साँझ राजकीय भोज आयोजना गर्ने कार्यक्तम छ ।

राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

उनी काठमाडौं आसपासका विभिन्न स्थानसहित पोखराको भ्रमणमा पनि जाने तय भएको छ । यसैबीच, ट्राफिक प्रहरीले अतिविशष्टि सवारीका बेला सवारी आवागमन प्रभावित हुने भन्दै बैकल्पिक सडक प्रयोग गर्न सर्वासधारणसँग आग्रह गरेको छ ।