विश्व

बंगलादेशका राष्ट्रपति आज पोखरामा

काठमाडौं । चार दिने नेपाल भमणमा रहेका बंगलादेशका मोहम्मद अब्दुल हमिद बिहीबार नेपालको चर्चित पर्यटकीय शहरी पोखरा पुग्दैछन् ।

नेपाली सेनाको भीभीआइपी उडाउने विशेष हेलिकोप्टरमा चढी राष्ट्रपति पोखरा पुग्ने कार्यक्रम छ ।

पोखरामा उनलाई विमानस्थलमा गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्ने कार्यक्रम छ।

सोही स्थानमा उनलाई सांस्कृतिक झाँकीले स्वागत गरिन छ भने विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले सांस्कृतिक कार्यक्रमसहित स्वागत गर्ने गरी कार्यक्रम मिलाइएको छ ।

उनी पोखरामा रहँदा फेवातालमा तैरने छन् । फेवातालमा जलविहार गरेपछि नेपाली सेनाकै हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखरा अवलोकनको कार्यक्रम राखिएको छ ।

उनी बिहीबार नै काठमाडौं फिर्ता हुनेछन् । राष्ट्रपति मंगलबार काठमाडौं आएका हुन् । बुधबार भने दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहे ।