खेलकुद

सन्दीप र पारसबीनाको नेपाली टीम भारतसामू निरिह

ढाका । इमर्जिङ टिम्स एसिया कपमा नेपालले पहिलो खेल हारेको छ । नेपाललाई भारतले ७ विकेटले हराएको हो । नेपाली टीम भरपर्दा दुई खेलाडी पारस खड्का र सन्दीप लामिछाने बीना नै मैदानमा उत्रिएको छ ।

दुबै जना खेलाडी दुबईमा आयोजना भएको टी१० लीगमा भाग लिन उता पुगेका छन् । एसिया कप भने बंगलादेशको ढाकामा जारी छ ।

बिहीबार नेपालले भारतलाई मात्र १९४ रनको लक्ष्य दियो । भारतले यो लक्ष्य ४२ ओभरमा ३ विकेट गुमाएर फेला पार्यो । नेपालका कप्तान ज्ञानेन्द्र खड्काले निरन्तर कमजोर प्रदर्शन जारी राखेका छन् ।

भारतका सन्भिर सिंह र अरमान जाफरले अर्धशतक प्रहार गरे । सन्दिर ५६ र जाफरले ५१ रन जोडे । रवि शरतको नाममा ४९ रन बढ्यो ।

नेपालका लागि कारण केसी, ललितनारायण राजवंशी र सुशन भारीले १, १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४४. ५ ओभरमा अलआउट भएको हो ।

नेपालका लागि शर्राफले सवार्धिक ५६ रन जोडे । कुशल भूर्तेलले २८ रन बनाए । शरद भेषवाकरले ४४ रन बनाए ।