खेलकुद

नेपाली महिला भलिबल टोलीलाई ऐतिहासिक सफलता

काठमाडौं । नेपालको महिला भलिबल टोलीले देशलाई एक ऐतिहासिक उपाधी जिताउन सफल भएको छ ।

बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालको पोल्टामा पर्यो । यो नेपाली महिला भलिबलको पहिला अन्तर्राष्ट्रिय उपाधि जिहो ।

नेपाल र माल्दिभ्सबीचको खेलमा ३–० सेटको सोझो जीत निकाल्दै नेपालले यो सफलता चुमेको हो । खेल बिहीबार भएको थियो । नेपालले पहिलो सेट २५-१३, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५–८ ले जितेको हो ।

नेपालले प्रतियोगितामा कुनै पनि खेल हारेन । नेपालले समूह चरणमा बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई हराएको थियो । नेपाली महिला टीमले सन् २००० देखि नै अन्तर्राष्ट्रिय यात्रा शुरु गरेपनि उपाधी नै भने पहिलो पटक जीतेको हो ।