स्वास्थ्य

देशैभर बढ्यो चिसो, हिमपातको सम्भावना

काठमाडौं । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पनि देखिन थालेको छ ।

यसले केही स्थानमा वर्षात गराउने छ । हिमाली भेगमा भने हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ ।

महाशाखाको मौसमी प्रक्षेपणअनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ । सोही क्रम मंगलबारसम्म रहने भएको छ ।