समाचार

हङ्‌कङमा विपक्षी दललाई सफलता

हङ्‌कङ । आन्दोलनमा होमिएको विपक्षी दलले ठूलो सफलता पाएपछि हङ्‌कङमा बेइजिङ समर्थक दलले पराजय भोगेको छ ।

शनिबार सम्पन्न जिल्ला तहको चुनावमा विपक्षी दललाई जनताले भारती मतले जिताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

कूल २४१ स्थानमा मतदान भएको थियो । त्यसमध्ये विपक्षी आन्दोलनका सदस्यले २०१ स्थानमा विजय प्राप्त गरेका छन् । बेइजिङसमर्थक उम्मेदवारले २८ स्थानमा मात्र जित हात पारेको उल्लेख छ ।

मतदानमा समेत अहिलेसम्मकै बढी मानिसले भाग लिएका छन् । यस पटक २९ लाख मतदाता सहभागी हुँदा कूल ७१ प्रतिशत मत खसेको छ ।

सन् २०१५ मा मात्र ४७ प्रतिशत मत खसेको थियो । बेइजिङ पक्षधर उम्मेदवारले यस चुनावलाई प्रतिष्ठाका रुपमा लिएका थिए । तर, जनताले हराइदिएका छन् ।