फिचर

बुद्धले फिर्ता लियो कोलकत्ता उडान, भारी नोक्सानी भएको दावि

काठमाडौं । बुद्ध एयरले कोलकत्ता उडान फिर्ता गरेको छ । २ डिसेम्बरबाट कोलकत्ताका लागि नियमित भइरहेको उडान बन्द गर्ने तयारी कम्पनीले गरेको हो ।

यस रुटमा कम्पनीले पर्याप्त पर्यटक पाउने अपेक्षा गरेको थियो । तर, सोचजस्तो व्यापार गर्न नसकेपछि फिर्ता हुनु परेको बुद्ध एयरको भनाई छ ।

बुद्ध आफैले गरेको प्रवद्र्धनले नपुग्ने भन्दै गन्तब्यमा राज्यकै उपस्थितिमा प्रवद्र्धनको आवश्यक रहेको समेत कम्पनीका अधिकारीहरु बताउँछन् ।

बुद्धले यस रुटमा एटीआर ७२ जहाजबाट गत जेठदेखि उडान थालेको थियो । त्यसअघि बनारसमा उडाइरहको बुद्धले उक्त रुटमा भने निरन्तरता दिने भएको छ ।

कम्पनीको अन्तरर्राष्ट्रिय लाइसेन्स कायम राख्न समेत यो रुटमा भने उडान निरन्तर हुने कम्पनीको भनाई रहेको छ । किनकी यो रुटमा पनि बुद्धको उडान नाफामा भने छैन ।

यी दुबै रुटमा बुद्धले सोचजती भारतीय यात्रु पाएको छैन । जति उडेका छन्, अधिकाश नेपाली रहेका छन् ।