समाचार

सरकारले सहसचिवको दरवन्दी थप्यो

साभार स्केच

काठमाडौं । सरकारले २० सह–सचिवको दरबन्दी थप गरेको छ । गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषदले हालै २० सहसचिवको दरवन्दी थप्ने निर्णय गरेको हो ।

पहाडका १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको प्रमुखका लागि उक्त दरवन्दी थप गरिएको मन्त्रालयले जनाएको छ । अहिले पहाडी जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारीका रुपमा रहने प्रावधान रहेको छ ।

अब पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरामा सह–सचिव तहका कर्मचारीले प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गर्ने भएका छन् ।

दुई निर्वाचन क्षेत्र भएका जिल्लामा सह–सचिव खटाउने प्रस्ताव अघि बढेको हो ।