फिचर

सागमा आएका पत्रकारलाई भ्रमण वर्षको जानकारी गराइदै

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा आआफ्नो मुलुकको प्रतिनिधित्व गर्दै पत्रकारलाई आसन्न नेपाल भ्रमण वर्षको तयारीबारे जानकारी गराइने भएको छ ।

उनीहरुलाई यसबारे ब्रिफिंगको तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

उनका अनुसार पत्रकारलाई नेपालबारे जानकारी गराउँदै भ्रमण वर्ष मनाउन लागिएकोमा निम्ता दिइने छ ।

भ्रमण वर्षको सचिवालयको तर्फबाट उनीहरुलाई गिफ्ट प्रदान गरिने भएको छ भने धेरै नागरिक आउने वातावरण बनाउन आग्रह समेत गरिनेछ ।

इच्छुक पत्रकारलाई सइटसीनमा समेत लैजाने योजना सरकारले बनाएको छ । नेपालका विभिन्न क्षेत्रको भमणमा जान चाहेमा सरकार आफैले व्यवस्थापन गरेर उनीरुलाई घुमघाममा लैजाने भएको छ ।

भ्रमण वर्ष १ जनवरी २०२० बाट शुरु हुदैछ । त्यसको पूर्वसन्ध्यामा आयोजित सागले नेपाली पर्यटनमा सकारात्मक भूमिका खेल्ने सरकारको अपेक्षा छ ।