फिचर

साग : करीव डेढ दर्जन खेलमा आज प्रतिस्पर्धा

काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बिहीबार नेपाल र भूटानबीच क्रिकेट प्रतियोगिता हुँदैछ ।

भूटान पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नेपालसँग प्रतिस्पर्धामा उत्रिदैछ । पहिलो खेल बंगलादेशसँग हारेको नेपालका लागि यो खेल जित्नै पर्ने दवाव छ ।

बिहीबार नै नेपालले महिला पाँच हजार मिटरमा प्रतिस्पर्धा गर्दैछ। उता, ८ सय मिटरको महिला र पुरुषको दौड समेत आजै संचालन हुँदैछ ।

डिस्कस थ्रोका प्रतिस्पर्धा समेत बिहीबारका लागि राखिएको छ । बास्केटबलका प्रतिस्पर्धा बिहीबार संचालन हँदैछन् ।

उता, गोकर्णमा जारी गोल्फको फाइनल राउन्ड बिहीबार सकिएर पदकको टुंगो लाग्दैछ । साइक्लिङका क्रस कन्ट्री इभेन्टमा महिला र पुरुषका प्रतिस्पर्धा बिहीबार हुने भएका छन।

नेपालले पदकको आशा गरेको कबड्कीका खेल बिहीबार पनि संचालन हुँदैछन् । सुटिङका प्रतिपस्र्धा पनि आज हुने छन् ।

पौडीतर्फ ८ स्वर्णका लागि आज प्रतिस्पर्धा हुँदैछ । तेक्वान्दोका ६ स्वर्णको प्रतिस्पर्धा आज राखिएको छ । पौडी र तेक्वान्दोबाट नेपालले स्वर्ण थप्ने सम्भावना रहेको छ ।

टेनिसमा बिहीबारबाट एकल प्रतिस्पर्धाका खेल प्रारम्भ हुँदैछन् । उसुमा पनि बिहीबार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने खेल तालीका रहेको छ ।

टेबलटेनिसका एकल प्रतिस्पर्धाका खेल विहीबारका लागि राखिएका छन् । खेल २४ मंसिरसम्म संचालन हुँदैछन् । अहिलेसम्म ३२ स्वर्णका साथ भारत पहिलो र २९ स्वर्णका साथ नेपाल दोस्रो स्थानमा रहेका छन् ।