विश्व

मेसीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाको जित

स्पेन । स्पेनिस लालिगामा लियोनल मेसीले कीर्तिमानी ह्याट्रिक गरेको खेलमा बार्सिलोनाले रियल माल्लोर्कामाथि सानदार जित हात पारेको छ ।

बार्सिलोनाले माल्लोर्कामाथि ५–२ गोल अन्तरको जित हात पारेको छ । खेल आइतबार बिहान भएको थियो । यस खेलबाट लियोनल मेस्सीले लालिगामा मात्र ३५ औं ह्याट्रिक पुरा गरे ।

बार्सिलोनाको घरेलु मैदानमा खेल भएको थियो । बार्सिलोनाले ७ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट अग्रता लिएको थियो ।

१७औं मिनेटमा मेसीले बार्साका लागि दोस्रो गोल गरे । ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल गरे । ४१औं मिनेटमा मेसीले अर्को गोल थपे ।

४३औं मिनेटमा लुइस स्वारेजले गोल गरे । ६४औं मिनेटमा अन्टे बुदिमिरले माल्लोर्काका लागि दोस्रो गोल गरे । मेसीले ८३ औं मिनेटमा ह्याट्रिक पुरा गरे ।