घूमघाम

अब भक्तपुरमै जीपलाइनको मज्जा

भक्तपुर । अब भक्तपुरमै जीपलाइनको रमाइलो अनुभव गर्न पाइने भएको छ । शाहसिक पर्यटकीय प्रडक्ट मानिने यो खेल आगामी तीन महिनाभित्र शुरु गर्ने गरी शिलान्यास भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा जीपलाइन बन्ने भएको हो । सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति र ताण्डव इन्भेष्टमेन्ट प्रालिले जीपलाइन बनाउन शुरु गरेका छन् ।

घ्याम्पेडाँडा रानीकोटगढी हावाघरबाट जीपलाइन हुने हुने छ । यो जीपलाइन पाइलटबाबा आश्रम पछाडिको नयाँ गाउँमा अवतरण हुने गरी निर्माण गरिने भएको छ ।

रानीकोटगढी हावाघरमा एउटा पोल र पाइलटबाबा आश्रम पछाडि रहेको नयाँगाउँमा अर्को पोल राखेर तार टागीने छ ।

सोही तारमा झुण्डिएर रोमान्चक यात्रा गर्न सकिने छ । यो स्थान काठमाडौँबाट मात्र १९ किलोमिटरको दूरीमा पर्छ ।

अहिले सडक कालोपत्रेका काम धमाधम भइरहेको छ । यहाँ ५ करोड मूल्य लागतमा जीपलाइन शुरु गर्न लागिएको हो ।