विश्व

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारत र पाकिस्तानमा समेत धक्का

अफगानिस्तान । अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानमा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ ।

भूकम्पले भारत तथा पाकिस्तानमा समेत भूकम्पको धक्का महशुस भएको छ । पाकिस्तानका लाहोर, इस्लामावाद, पेशावर, मनसेरासहित सहरमा धक्का महशुस गरिएको छ ।

भारतमा राजधानी दिल्लीसहित मथुरा, लखनउ, इलाहवाद, जम्मु तथा कश्मिरमा समेत भूकम्प महशुस गरिएको छ ।

हिन्दुकुश क्षेत्रमा भूकम्प गएको हो । भूकम्पको केन्द्र समुन्द्री सतहभन्दा २ सय १० किमी गहिराईमा रहेको विभागले उल्लेख गरेको छ । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।