06-Jul-2020 | २२ असार २०७७, सोमबार

प्रधानमन्त्रीको डायलासिस आज पनि

२६ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलासिस गरिएको छ । शनिबार अपरान्ह मनमोहन कार्डियोथोरिसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्रीले डायलासिस गराए ।

सोहीकारण उनी आज वालुवाटारमै बोलाइएको नेकपा सचिवालय बैठकमा भने सहभागी हुन सकेनन् ।

आजसहित प्रधानमन्त्रीले अहिलेसम्म १३ पटकसम्म डायलासिस गराइसकेका छन् । मृगौलाको समस्याका कारण अहिले प्रधानमन्त्रीले नियमित डायलासिस गर्नुपर्छ ।

सोहीकारण उनी नियमित काममा फर्कन सकेका छैनन् । चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था भने ठिक छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार