समाचार

सभामुख पदका लागि नेकपाको विवाद उत्कर्षमा, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । सभामुख पदमा नेकपा भित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दा त्यसको असर प्रतिनिधिसभा बैठकमा परेको छ ।

आइतबारका लागि बोलाइएको बैठक सूचना टासेर आगामी ६ माघसम्मका लागि स्थगित भएको छ ।

नेकपामा पार्टीले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा गर्न लगाएर नयाँ सभामुख चयन प्रक्रियामा जाने निर्णयमा पुगेको थियो ।

तर, उपसभामुख भने आफू सभामुख बन्ने शर्तमा मात्र राजिनामा गर्ने भन्दै आफ्नो अडानमा कायम छिन् ।

उनले आफूले उपसभामुखबाट राजिनामा नगर्ने भन्दै जे गर्न मन लाग्छ, त्यही गरेर देखाउन नेताहरुलाई चूनौति दिएकी छिन् ।

जसका कारण नेकपा अनिर्णयको बन्दी बनेको छ भने त्यसले प्रतिनिधिसभा बैठक नै प्रभावित बन्न पुगेको हो ।

सभामुख पदमा पूर्वएमाले, पूर्वमाओवादी र राष्ट्रपति समेतले आफ्नो उमेदवार हुनेपर्ने दावि गरेपछि विवाद लम्बिएको हो ।

स्रोतका अनुसार उपसभामुख तुम्बाहाङ्फेलाई राष्ट्रपति विद्यादेवि भण्डारीको साथ रहेको छ ।

पूर्वमाओवादीबाट अग्नी सापकोटा र पूर्वएमालेबाट सुवास नेम्बांगलाई सभामुख बनाउने दाउ कायम छ ।