समाचार

आज नयाँ सभामुख चुनिने

काठमाडौं । नेकपाका नेता अग्नी सापकोटा आज सभामुख पदमा चयन हुँदैछन् । यो पद असोजयता रिक्त थियो ।

जसले गर्दा प्रतिनिधिसभाको काम अवरुद्ध भएको छ । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लागेपछि यो पद रिक्त भएको हो ।

सभामुख पदमा नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ ।

नेकपाले जित्ने निश्चित भएकाले कांग्रेसले उमेदवारी दिएन ।

संघीय संसद् सचिवालयको कार्यतालिका अनुसार आइतबार दिउँसो ३ बजे बैठक बस्दैछ ।

ज्येष्ठ सदस्य महन्थ ठाकुरले आइतबारको बैठक सञ्चालन गर्दैछन् । उनले सापकोटाका प्रस्तावक र बोल्न समय दिने गरी कार्यतालिका बनाइएको छ ।

प्रस्तावक र समर्थकले आफ्ना भनाइ राखेपछि ठाकुरले एकल उम्मेदवारी परेकाले सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गर्ने भएको छन् ।

सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै अर्को बैठक बस्नेछ । दोस्रो बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्नेछन् ।