समाचार

७१ औं गणतन्त्र दिवस मनाउँदै भारत

नयाँ दिल्ली । भारतले आज ७१औं गणतन्त्र दिवस मनाउँदैछ ।

पाकिस्तानसँगको बढ्दो तनाव, घर भित्र आर्थिक मन्दी र विविध समस्याका बीच भारतले राजपथमा मूख्य कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन लागेको हो ।

यस कार्यक्रमका लागि देशभर नै सुरक्षा व्वस्था कडा पारिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवस परेड लिने कार्यक्रम राखिएको छ । उनले सेनाको सलामी ग्रहण गर्नुका साथै राजपथमा राष्ट्रिय झण्डा फहराउने भएक छन् ।

यस कार्यक्रममा ब्राजिलका राष्ट्रपति जैर मेसिअस बोल्सोनारो मुख्य अतिथिका रूपमा आमन्त्रण गरिएका छन् ।

उनी शनिबारनै भारत आइपुगेका हुन् । ब्राजिलबाट राष्ट्रपतिसँगै उच्च पदस्थ सरकारी अधिकारी भारत आइपुगेका छन् ।

गणतन्त्र दिवसको अवसरमा १६ राज्य, केन्द्र शासित प्रदेश र देशका ६ मन्त्रालयले परेडमा भाग लिने छन्।

परेडलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा गरिएको छ। दिल्ली प्रहरीले ड्रोनबाट राजपथमा निगरानी गरिने भएको बताइएको छ ।

भारतलाई अंग्रेज शासित भूभागबाट स्वतन्त्र बनाइएपछि गणतन्त्र दिवस मनाउन लागिएको हो ।