समाचार

प्रदेश नं दुईको स्थायी राजधानी जनकपुर

जनकपुर । प्रदेश नं दुईको स्थायी राजधानी जनकपुर हुने भएको छ । अहिले अस्थायी राजधानी रहेकै जनकपुरधामलाई स्थायी राजधानी बनाउने सम्बन्धमा सहमति जुटेको हो ।

प्रदेश दुईको नामाकरण र राजधानी टुङ्गो लगाउने विषयमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको हो । यस समितिमा जनकपुरधामलाई नै स्थायी राजधानी तोक्ने सहमति भएको हो ।

अब जनकपुरधाम स्थायी राजधानी हुने निश्चित बनेको छ । समितिले प्रदेश राजधानीको सीमामा समेत टुंगो लगाएको हो ।

समितिले टुंगो लगाएको राजधानी जनकपुरधामको विषय प्रदेशसभाको दुई तिहाई बहुमतले पारित गरेपछि औपचारिकता पाउने छ ।

प्रदेशको राजधानीको विषयमा विशेष समितिमा टुंगो लागेपनि नामको विषयमा भने सहमति भइसकेको छ्रैन । यद्दपी छलफल भने जारी रहेको छ ।