समाचार

आज शहिद दिवस मनाइदै

काठमाडौं । आज शहिद दिवस मनाइदैछ । राणा शासन विरुद्ध आवाज उठाउने क्रममा मारिएका चार सहिद र त्यसपछिको परिवर्तनका लागि लडेका शहिदको सम्झनामा यो दिवस मनाउन लागिएको हो ।

जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ सालमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो ।

उनीहरुको यसै बलिदानलाई सम्झना गर्दै शहीद सप्ताहका रुपमा मनाउन लागिएको हो ।

शहिले देखाएको सोही बाटोकै कारण २००७ सालमा एक सय चार वर्षे लामो जहानियाँ राणा शासनको अन्त्य भएको थियो।

यस दिनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा तथा जनताको सुखी जीवन नै चार अमर शहीदले देखाएको मार्गदर्शन भएको बताएका छन् ।

उनले शुभकामना सन्देश जारी गर्दै अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि समेत व्यक्त गरेका छन् ।