समाचार

पश्चिमी देशले गरे कोरोनाको अनावश्यक प्रचार : प्रचण्ड

पोखरा । चीनलाई मन नपराउने अमेरिकालगायत पश्चिमी मुलुकले कोरोना भाइरसलाई अनावश्यक प्रचारमा ल्याएको नेकपाका अध्यक्ष प्रचण्डले बताएका छन् ।

बुधबार पोखरमा बोल्दै अध्यक्ष प्रचण्डले चीनबाट फैलिएको कोरना भाइरसका विषयलाई लिएर अमेरिकाको आलोचना गरेका हुन् ।

कोरोनाको सन्दर्भमा पश्चिमा शक्तिबाट अनावश्यक प्रचार गरेर वातावरण झन् दुषित बनाउने असाध्यै नराम्रो र अनैतिक काम भयो भनेर चीन स्वयमले वक्तव्य जारी गरेको सन्दर्भ कोट्याउँदै अध्यक्ष प्रचण्डले यसमा अमेरिकाको मूख्य हात रहेको उल्लेख गरेका हुन् ।

अमेरिकामा महामारी हुँदा चीनले वातावरण नै विगार्ने गरी प्रचार नगर्ने समेत उनको भनाई छ ।

२००८ मा एउटा रोग अमेरिकाको शहरमा देखा परेको र त्यसबेला विश्वभरी चिन्ता जाहेर हुँदा चीनले सहयोग गरेको सन्दर्भ कोट्याउँदै अध्यक्ष प्रचण्डले उक्त रोगबाट २ लाख ५० हजार भन्दा बढी मानिस मरेको समेत बताए ।

अहिले कोरोनाभाइरसबाट ४ सय मर्दा गलत ढंगले प्रचार भइरहेको उनको भनाई छ ।

शक्ति राष्ट्रले आफ्नै ढंगले विषयलाई व्याख्या गर्दा अनुकूल हुने गरी मात्र गर्ने गरेको उनको भनाई छ । कोरोनाबाट नेपाल सतर्क रहेपनि त्रसित हुनु नपर्ने उनको भनाई छ ।