फिचर

अमेरिकी तल्लो सदनले पारित गर्यो ‘ड्रिम याक्ट’, माथिल्लो सदनमा के होला ?

डेमोक्र्याटिक पार्टीको बहुमत रहेको अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले ‘ड्रिम याक्ट’का नाममा परिचित एक विधेयक पारित गरेको छ ।

आधिकारिक कागजपत्र बीना अमेरिकामा बसिरहेका आप्रवासीलाई नागरिकताको बाटो खुलाउन सक्ने यो विधेयकलाई निकै महत्वका साथ हेरिएको छ ।
तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको माथिल्लो सदन, सिनेटबाट पारित नभएसम्म यो विधेयकले कानूनि मान्यता पाउँदैन । त्यसकारण सिनेटबाट पारित हुनेमा भने धेरैको शंका छ ।

उता, राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले समेत विशेषाधिकार प्रयोग गर्दै विधेयक असफल बनाउने चेतावनी दिइसकेको छ । मङ्गलबार भएको मतदानमा तल्लो सदनका २३७ सदस्यले विधेयकको पक्षमा मतदान गरेका थिए । १८७ सदस्य विपक्षमा देखिए ।

यो विधेयक दुबै सदनबाट पारित भयो भने पनि राष्ट्रपतिले स्वीकृत गर्ने पर्ने प्रावधान छ । यो प्रक्रिया पुरा भयो भने नाबालककै रूपमा अमेरिका आई बसोबास गरिरहेका युवाहरूले निश्चित मापदण्ड पूरा गरेपछि स्थायी बसोबासको अधिकार पाउँनेछन् । जुन पछि नागरिकतामा परिणत हुनसक्छ ।

यसबाट अस्थायी संरक्षित अवस्था (टिपिएस्) प्राप्त गरी अमेरिकामा बसिरहेका हजारौं नेपालीका लागि पनि फलदायी बन्न सक्छ ।
एजेन्सी