समाचार

भारत र इजरायलका सेनापति नेपाल आउने

काठमाडौं । भारत र इजरायलका सेनापति नेपाल आउने भएका छन् । नेपाल सरकारले भारतका र इजरायलका सेना प्रमुखको नेपाल भ्रमण स्वीकृत गरेको हो । नेपाली सेनाको निमन्त्रणमा उनीहरु नेपाल आउनेछन् ।

भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमणको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

उपयुक्त समय मिलाएर नेपाल आउने गरी भ्रमणको स्वीकृति दिइएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

भारतीय सेना प्रमुखलाई नेपाली सेनाले मानार्थ सेनापतिबाट सम्मान गर्ने परम्परा रहेको छ । विभिन्न मुलुकबीचको सैन्य सम्बन्ध कायम राखिराख्न सेनाले यस्तो भ्रमण गराउँदै आएको छ ।